राजनीति

राष्ट्रपतिको निर्णयको स्वागत गर्दै कमल थापाले भने- संसदले हठ प्रदर्शन नगरोस्

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

‘विभेदकारी र राष्ट्रहित विपरीतको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वाभाविक छ । राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

विधेयक फिर्ता गरेको विषयलाई संघीय संसदले हठ गर्न नहुने भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ जनादेशयुक्त संसदलाई दिनुपर्ने बताएका छन् ।

‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो । अब यो विषयको जिम्मा नयाँ जनादेशप्राप्त संसदलाई दिनुपर्छ ’, उनको भनाइ छ ।

बिज्ञापन

बिज्ञापन
बिज्ञापन