
काठमाण्डौ – यातायात व्यवसायीले आउँदो चैत ७ गतेसम्म सरकारबाट सार्वजनिक गाडीको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्य वृद्धि हुँदा पनि गएको असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।
विगतमा डिजलको मूल्य एक सय चार रुपैयाँ हुँदा समायोजन भएको भाडा अहिले एक सय ३३ रुपैयाँ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकाशिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरूको भनाइ थियो ।

आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिक रूपले भाडा दर समायोजन गर्नाका लागि सरकारसँग माग गर्नुभयो । उहाँले चैत ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिनुभएको हो ।
अन्य समाचारहरु
बैंक ब्याजदर घट्दो क्रममा :गभर्नर अधिकारी
भारतले आज बजेट सार्वजनिक गर्दै
नेपालमा भारतीय रुपैयाँ व्यापारी हरुले सटहीगर्दा घटाएर दिन थाले गुनासो