राष्ट्रिय समाचार

सार्वजनिक सवारीमा छोटो दुरीको भाडादर प्रदेश सरकारले बढाउने

बिज्ञापन

काठमाडौं । सार्वजनिक सवारीमा छोटो दुरीमा गुड्ने सार्वजनिक सवारीको भाडादर प्रदेश सरकारले बढाउने भएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले लामो दुरीको भाडादर समायोजन भएसँगै छोटो दुरीको प्रदेशले समायोजन गर्ने जानकारी दिए ।

बिज्ञापन

‘‘लामो दुरीको गुड्ने यात्रुवाहक सवारीमा १० प्रतिशत, पहाडी बाटोमा चल्ने सवारीसाधनमा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीमा १५ प्रतिशतले भाडादर बढेको छ । अब छोटो दुरीका प्रदेशले बढाउनेछन्,” उनले भने ।
यही वर्ष लामो दुरीको सवारीमा भाडा बढेको दोस्रोपटक हो । छोटो दुरीको सवारीमा गत कातिक १ गतेदेखि लागु हुनेगरी वाग्मती प्रदेशले भाडादर बढाएको थियो ।

अहिले वाग्मतीमा पाँच किलोमिटरमा १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि यात्रा गर्दा ३५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

उक्त भाडादरमा सार्वजनिक यातायात व्यवसायीले लामो समयदेखि आपत्ति जनाउँदै आएका छन् ।

गत असार २७ को मन्त्रीस्तरीय निर्णयानुसार प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको गाडी भाडा प्रदेश सरकारले बढाउन सक्नेछन् ।

बिज्ञापन