June 5, 2023

मालिका समाचार

देशकाे ऐना

समर्पण दिवसको अवसरमा कञ्चनपुरको पुनरवासमा वृहत सत्संगको आयोजना

पुनरवास (कञ्चनपुर), २ जेठ । समर्पण दिवसको अवसरमा कञ्चनपुरको पुनरवासमा वृहत सत्संगको आयोजना गरिएको थियो ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

गत बैशाख २९ गते शनिबारका दिन पुनरवासको सत्संग भवनमा आयोजित वृहत सत्संग समारोहलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका क्षेत्रीय सेवादल संचालक नर बहादुर बटालाले मानव योनि भनेको अत्यन्त दुर्लभ योनि हो । यो योनि बारबार पाईदैन । ईश्वरले मानवलाई चेतन शक्ति प्रदान गरेर यस योनिमा नै आत्माले परमात्माको जानकारी हासिल गर्नु पर्छ भनेर मानव योनिको जन्म दिएको बताउनु भयो ।

उहाँले समर्पण भनेको नै तन, मन, धनबाट पूर्ण रुपले ईश्वरप्रति न्यौछावर भएर समर्पित हुनु हो । यसमा कुनै प्रकारको अहंकार वा स्वार्थको गुञ्जायस हुँदैन, पूर्णरुपमा निःस्वार्थ भाव रहेको हुन्छ । सत्गुरु शरीर नभएर ज्ञान हो । हामीले कहिल्यै पनि सत्गुरुलाई शारीरिक दृष्किोणबाट नहेरेर जहिले पनि ज्ञानको दृष्टिबाट हेर्नु पर्दछ । यदि हामी सत्गुरुलाई ज्ञानको सट्टा शारीरिक दृष्टिबाट हेर्छौभने त्यो हाम्रो ठुलो भूल हुने छ । सत्गुरुले केवल शरीर परिवर्तन गरेको हुन्छ, ज्ञान त्यही हुन्छ ।

विज्ञापन

परमात्मा कहिल्यै मर्दैन, यो अटल, अविनाशी, अडोल, अकाट्य, सबै ठाउँमा व्याप्त छ, यो निर्भय, निश्छल छ । संसारमा केवल एउटै परमात्मा छ । हामी सबै यसै एक परमात्माका सन्तान हौ । यसैमाथि हामीले अटल विश्वास राख्नु पर्दछ, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि आज हामी बाबा हरदेव सिंह जी महाराजलाई याद गरेर यो समर्पण दिवस मनाई रहेका छौ । उहाँले ३६ वर्षसम्म निरंकारी मिशनलाई दिन–रात नभनेर विश्वको कुना–कुनासम्म फैलाउनु भयो । आरामको कहिल्यै नाम लिनुभएन । आध्यात्मिक सन्देशको साथै अनेकौं सामाजिक कार्यहरु गरेर मिशनलाई विश्व सामु चिनाउनु भयो, यो उहाँको ठुलो देन हो । ‘रगत नालीमा होइन, नाडी बगाउनु पर्छ’ भन्ने अभियानको थालनि गरेर आजसम्म त्यो अभियान निरन्तर रुपमा चलिरहेको छ जो आज निरंकारी मिशन विश्वमा रक्तदान गर्नेहरुको पहिलो पंक्तिमा पर्न आउँछ । यो सबै बाबा जीको महान त्याग र बलिदानबाट नै सम्भव हुन गएको हो । हामीले पनि बाबा जीले देखाएको बोटामा हिडेर उहाँको जो सपना थियो त्यसलाई सकार पार्न पूर्ण रुपबाट आफूलाई समर्पित भएर अग्रसर हुन्छौ भने तब मात्र हामीले समर्पण दिवस मनाएको पनि सार्थक हुने उहाँले सम्झाउनु भयो ।

सत्संग आरम्भ हुनुभन्दा पहिले विहानी पख पुनरवास सेवादल यूनिट नं. ८३० का सेवादलका भाइ/बहिनीहरुलाई क्षेत्रिय संचालक नर बहादुर बटालाले सेवा सम्बन्धि विभिन्न विषयमा प्रशिक्षण पनि दिनु भएको थियो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डलका मिडिया सहायक दीपक रावल, सन्त निरंकारी आदर्श विद्या मन्दिरका सल्लाहकार प्रकाश भण्डारी, सेवादल प्रकाश ठकुल्ला, डीबी सुनार, भैरव सिंह कुँवर, डीबी लामिछाने, ज्योति, मोना लगाएत स्थानीय सन्तहरुले आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन मिरा सुनार गर्नुभएको थियो ।