आस्था /आध्यात्म

पूर्णागिरि मेला सुरु ,कञ्चनपुरको सीमावर्ती बजारमा चहलपहल

बिज्ञापन

महेन्द्रनगर । पूर्णगिरि मेला सुरु भएपछि कञ्चनपुरको सीमावर्ती बजारमा चहलपहल सुरु भएको छ ।
 हरेक वर्ष फागुपूर्णिमादेखि लाग्ने पूर्णागिरि मेलाको उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले बिहीबार औपचारिक रूपमा मेलाको शुभारम्भ गरे । भारत उत्तराखण्डको चम्पावतअन्तर्गत टनकपुर उत्तरतिर चुरेको डाँडामा पूर्णागिरि माताको मन्दिर छ । ठीक वारि नेपालतर्फ खल्ला, ब्रम्हदेव र महेन्द्रनगरमा सिद्धबाबाको मन्दिर छ । पूर्णागिरिको दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ ।
  किंवदन्तीअनुसार सिद्धबाबा पूर्णागिरिका भक्त थिए । उनको भक्तिबाट प्रशन्न भई पूर्णागिरिले आफ्नो र सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र तब मात्रै मनोकांक्ष पूरा हुने वरदान दिएका कारण यो परम्परा चलेको विश्वास जानकार हरु बताउँछन । ‘यो मेला मात्रै होइन धार्मिक सम्बन्धको एउटा उदाहरण पनि हो,’ ब्रम्हदेवका स्थानीय भवानीदत्त जोशीले भने, ‘यसले दुई देशका नागरिकको सम्बन्ध र संस्कृतिलाई दर्साउँछ ।’ उनका अनुसार पूर्णागिरि मेलामा आउने अधिकांश दर्शनार्थी भारतीय हुन्छन ।
 भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठुलो संख्यामा दर्शनार्थी आउने गरेका छन । नेपालबाट पनि कञ्चनपुरसँगै कैलाली, बर्दिया, बाँकेलगायतका क्षेत्रबाट ठुलो संख्यामा दर्शनार्थी जाने गरेका छन् । पूर्णागिरि मेला अवधिमा ब्रम्हदेव र महेन्द्रनगर बजारमा ठूलो भीड लाग्ने गरेको छ । 

बिज्ञापन
बिज्ञापन