लेखस्वास्थ तथा सरसफाइ

कोरोना भाइरस संक्रमण र त्यसको प्रत्यक्ष संक्रमणको बारेमा एक अनुभव

बिज्ञापन

“सबैमा मेरो सानो अपिल
म पूर्ण कुमाल, घर टीकापुर, कैलाली, हाल भारतको मुम्बईमा बसेर लामो समयदेखि पत्रकारिता र विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) को प्रोजेक्टमा रिसर्चको क्षेत्रमा काम गर्दै आएको ब्यक्ति ।

५ अक्टुबरका दिन मलाई जरो र उल्टी सुरु भयो । जस्ले गर्दा मैले घरमै बसेर साँझ–विहान पानीमा हदेलो, जमानो, काली मरिच, जिरा, नून, गुर्जो र अस्वगन्धा आदि उमालेर सेवन गर्दै गरे जसबाट मेरो जरो र उल्टी त ठिक भयो तर ७ अक्टुबरसम्म कमजोरीको महसुस भने यथावत नै रह्यो । त्यसपछि मैले कतै आफु कोरोना संक्रमीत त भइएन भनेर ७ अक्टुबरको विहान नै सरकारी अस्पतालमा गएर कोरोनाको जाँच गर्दा रिजल्ट पोजेटिभ निस्कियो र मलाई कोरन्टाइन सेन्टरमा रेफर गरियो । बिगत ४ दिनदेखि म मुम्बईको कालिना स्थित आइ.टी. पार्क कोरन्टाइन सेन्टरमा बसेर उपचार गराइरहेको छु । डाक्टरले मलाई ५ दिनको औषधि दिएको छ, जसलाई मैले विहान, दिउँसो र साँझ गरेर ७ गोलि दिनहुँ सेवन गर्नुका साथै तातो पानी पिरहेको छु र योग अभ्यास पनि गरिरहेको छु । साँझ–विहान डाक्टरहरु स्वास्थ्य जाँच गर्न आउछन्, स्वास्थ्यमा क्रमिक रुपमा सुधार भैरहेको छ र म अहिले स्वास्थ छु । ममा अहिले कोरोनाको कुनै लक्षण देखियको छैन् । यदि आफुलाई सेल्फ रेटिङ गर्नु पर्दा म ८० प्रतिशत दिन चाहन्छु । सबैमा म सानो अपिल गर्न चाहन्छु कि कोरोनाबाट कसैले डराउनु पर्दैन, यदि डब्लु.एच.ओ द्वारा जारि गरिएका निर्देशनहरुको पालना गर्छौ भने । कोरोनाको कुनै लक्षण देखिन्छ भने यसलाई नलुकाएर, नडराएर, नलजाएर वा कुनै लापरबाही नगरेर समयमा कोरोनाको जाँच गर्दा ठिक हुन्छ । यदि यसलाई लुकायो, डरायो, लजायो वा लापरबाही गर्यो भने, पछि गएर ठुलो दुर्घटना घटन सक्छ । जस्तै पहिलेका मान्छेहरुले एचआइभी/एड्सलाई लुकाउन खोज्दा लाखौं मान्छेहरुले सित्तैमा आफ्नो ज्यान गुमाउनु परेको थियो । तसर्थ, डब्लु.एच.ओ. ले उल्लेख गरेबमोजिम यसको शुरुमै कुनै लक्षण देखिन्छ भने सरकारी वा सरकारद्वारा मान्यता प्राप्त ल्याबमा गएर कोरोनाको टेस्ट गरौ, आफु बाचौं र अरुलाई बचाऔं । सजकता अपनाउदा अपनाउदै यदि कोरोना भैहाल्यो भनेपनि घरमै बसेर घरेलु औषधि, योग अभ्यास र डाक्टरको निर्देशनलाई पालन गर्यो भने कोरोनालाई जित्न सकिन्छ, डराउनु पर्दैन । विश्वमा आज लाखौं मान्छेहरू कोरोनालाई जितेर घर फर्किसकेका छन् ।”

बिज्ञापन
बिज्ञापन

Leave a Reply