अर्थ

पश्चिम सेती र सेती नदी–६ बाट उत्पादित बिजुलीको बजार सुनिश्चित

बिज्ञापन

पश्चिम सेती र सेती नदी–६ बाट उत्पादित बिजुलीकाे बजार सुनिश्चित भएकाे छ ।  दुवै आयोजना निर्माणको जिम्मेवारी लिएको भारतीय कम्पनी एनएसपीसी लिमिटेडले पीटीसी इन्डियासँग विद्युत् बिक्रीका लागि सम्झौता गरेसँगै बजार सुनिश्चित भएको हो ।

एनएचपीसी लिमिटेडले मंगलबार यी दुवै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि सम्झौता गरेको जानकारी दिएको छ । सन् १९९९ मा स्थापना भएको पीटीसी इन्डिया पब्लिक प्राइभेट पार्टनरसिपमा सञ्चालित कम्पनी हो । कम्पनीले नेपाल, भुटान र बंगलादेशसँग क्रस बोर्डर विद्युत् व्यापारलगायतका काम गर्दै आएको छ ।

यसअघि एनएचपीसीले पश्चिम सेती र सेती नदी–६ मा लगानीका लागि लगानी बोर्डसँग सम्झौता गरिसकेको छ । सम्झौतामा लगानी बोर्डले यी दुवै आयोजनाबाट उत्पादित कुल बिजुलीबाट २१.९ प्रतिशत बिजुली नेपालले निःशुल्क पाउनुपर्ने माग गरेको छ ।

लगानी बोर्ड र एनएचपीसीबीच भएको सम्झौतामा सर्वेक्षण अनुमति लिनुभन्दा अघि परियोजनाका विषयमा विगतमा अध्ययन गर्दा लागेको ३२ करोड २९ लाख र सर्वेक्षण अनुमति शुल्क १ करोड १० लाख रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।

बिज्ञापन

पश्चिम सेतीको अनुमति लिन ६० लाख रुपैयाा र सेती नदी–६ को सर्वेक्षण अनुमतिका लागि ५० लाख रुपैयाँ राजस्व बुझाउनुपर्नेछ ।

त्यसैगरी पश्चिम सेती आयोजनामा कुल १ खर्ब ६८ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ८४ करोड ९ लाख रुपैयाँ धरौटीबापत बैंक ग्यारेन्टी दिनुपर्नेछ ।

त्यसैगरी सेती नदी–६ को कुल अनुमानित लागत १ खर्ब १ अर्ब रुपैयाँको ०.५ प्रतिशत अर्थात् ५० करोड ९६ लााख रुपैयाँ बैंक ग्यारेन्टी तोकिएको छ ।

बिज्ञापन
बिज्ञापन