विज्ञापन

समाचार एजेन्सी । भारतको दिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको विमान पाकिस्तानको कराची विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।
विज्ञापन

समचार एजेन्सी पीटीआईका अनुसार सोमबार कतार एयरवेजको उडिरहेको यात्रुवाहक विमानमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको हो ।
विमानको कार्गो रहेको भागमा धुँवा निक्लिएको संकेत पाएपछि विमानलाई डाइर्भट गरिएको थियो ।
विमान कराचीमा सुरक्षित रुपमा अवतरण गरेको र सबै यात्रुलाई सकुशल बाहिर निकालिएको कतार एयरवेजले जनाएको छ । विमानमा एक सय बढी यात्रु सवार थिए ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको र यात्रुहरुलाई दोहा लैजानका लागि अर्को उडानको व्यवस्थापन भइरहेको समचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।
कम्पनीले यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफी समेत मागेको छ ।
विज्ञापन

अन्य समाचारहरु
तालिबान शासनको एक वर्ष : के छ अफगानिस्तानको ताजा स्थिति ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले कुमारी बाट थापे विशेष रक्षा बन्धन
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया