अनौठो

महिलालाई मनपर्दैन पुरुषका यी ५ बानी

बिज्ञापन

हरेक मानिसलाई आफूले संगत गरेको मानिसलाई के मनपर्छ र के मनपर्दैन भन्नेबारे जानकारी भए सम्बन्ध विस्तारमा सहज हुन्छ । अझ प्रेमको मामलामा त यो जानकारी अनिवार्य छ । यदि तपाइलाई कुनै महिला मन परेको छ भने ती महिलालाई के मनपर्छ वा पर्दैन, त्यसबारे जान्नु पर्दछ । महिलालाई पुरुषका केही यस्ता बानी छन्, जुन पटक्कै मनपर्दैन । के के हुन् ती बानी ?

धेरै प्रश्न गर्ने
अधिकांश मानिसलाई अरुले धेरै प्रश्न गरेको मनपर्दैन । अझ महिला त आफ्नो प्रेमीले भेटको बेला वा फोनमा धेरै प्रश्न गरेको मन पराउँदैनन् । पुरुषहरू आफ्नो माया दर्शाउन प्रेमिकालाई धेरै प्रश्न त गर्छन् । तर यी प्रश्नले महिला आफूलाई प्रतिबन्ध वा बन्देज लगाउन खोजेको रुपमा बुझ्छन् । त्यसैले धेरै प्रश्न सोध्ने बानी छोड्नुस् ।

शंका तथा इर्ष्या गर्ने
प्रायः कसैलाई पनि आफ्नो प्रेमिकाको पुरुष साथी मनपर्दैन । तर मन नपरेकै भरमा उसँग के कस्तो सम्बन्ध छ भनेर चियोचर्चाे गर्ने, प्रेमिकामाथि शंका गर्ने वा इष्र्या गर्ने पुरुष महिलालाई मनपर्दैन । उनीहरु आफूलाई आफ्नो प्रेमीबाट सदैव साथ होस् भन्ने चाहन्छन् ।

आफ्नै तारिफ गर्ने
कुनै पनि महिला आफ्नो बखान सुन्न मन पराउँछन् । उनीहरू आफ्नो प्रेमीले आफ्ना बारे राम्रा र खुलेर तारिफ गरुन् भन्ने चाहन्छन् । तर कतिपय पुरुषमा भने महिलाको तारिफभन्दा आफ्नो तारिफ गर्ने बानी हुन्छ । यस्ता पुरुषलाई महिलाले पटक्कै मन पराउँदैनन् ।

बिज्ञापन

बढी फ्लर्ट गर्ने
प्रायःजसो पुरुषमा महिलालाई फ्लर्ट गर्ने बानी हुन्छ । यसलाई उनीहरू सामान्य लिन्छन् । तर महिलालाई आफ्नो प्रेमीले आफूलाई धेरै फ्लर्ट गरेको वा अरु महिलालाई फ्लर्ट गरेको मनपर्दैन । उनीहरु आफ्नो प्रेमी आफुसंग मात्र नजिक हुन् भन्ने चाहन्छन् ।

माया नगर्ने
हरेक महिला चाहन्छन्, आफ्नो प्रेमीले आफूलाई धेरै माया गरुन् । पुरुषको माया गर्ने स्वभावबाट महिला कुनै पनि पुरुष प्रति आर्कषित हुन्छन् । तर केही पुरुष माया दर्शाउन जान्दैनन् भने केही आफ्नो प्रेमिकाको केयर गर्दैनन् । यस्ता पुरुषलाई महिलाले मन पराउँदैनन् ।

बिज्ञापन
बिज्ञापन