Climate

कस्तो रहला आज दिनभरको मौसम ?

बिज्ञापन

अहिले मुलुकभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम विभागले जनाएको छ ।यस्तै आइतवार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यतादेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आइतवार बिहान एक बुलेटिन सार्वजनिक गर्दै प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको जनाएको छ । 

आइतवार दिउँसो तथा राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ ।

विभागका अनुसार, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

पछिल्लो २४ घन्टामा देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

जसकारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह समेत गरेको छ ।

बिज्ञापन
बिज्ञापन