

भदौ ३ अछाम मंगलबार रात्रि परेको अबिरल बर्षाको कारण अछामको रामारोशन गाउँपालीका वडा नम्बर ५मा रहेको सैनी बजारमा कैलाश खोलाको बाढिले बगाएको छ। सैना बजारमा रहेका २२ घर तथा टहरा पुर्ण रुपमा बगाएको कुरा जिल्ला प्रहरी कार्यलाई मंगलसैन बाट खटिएका प्रहरी टोलिका प्रवक्ता प्र. नि रमेश दत्त अवस्थीले टेलिफोन मार्फत मालिका समाचार लाई जानकारी दिए ।

उक्त घटनामा सत्रजना बेपत्ता रहेको र ३जना महिला ३जना पुरुष गरि ६जनाको शव फेलापरेको र थप खोजि कार्यको लागी शसस्त्र प्रहरी बल , जनपथ प्रहरिको सयुक्त टोलि तथा स्थानीय समाजसेवि हरुको प्रयासमा जारी रहेको जानकारी दिए । .. बाढिको कारण बेपत्ता भएका हरुमा चन्द्र बहादुर साऊद,बशन्धरा साऊद,नन्द सिह साऊद,गंगा साऊद,रूपेश साउद,जोगा साऊद,नबिन साऊद,कबिता बुढा साऊद,अमर बहादुर शाह,पबित्रा शाह,समिर शाह,लालसरा शाही,बशन्त शाही,गौरी शाह,सम्झना शाह,प्राप्ति साऊद,बिमा साउद,रहेका छन।




अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ