June 7, 2023

मालिका समाचार

देशकाे ऐना

आज राम नवमी, नेपालमा धूमधामले मनाईदै

टीकापुर । आज नेपाल अधिराज्यभरि हिन्दुहरुले धूमधामले राम नवमी मनाई रहेका छन् । राम नवमी असत्य माथी सत्यको विजयको प्रतिकका रुपमा त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा मनाउने महत्वपूर्ण दिन हो ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

वैदिक सनातन हिन्दू धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ ।

राम मन्दिरहरुमा विहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतीक अनि सामाजिकरुपमा अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्नकालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने राम, जसको नाम अनि जीवनमा आधारित प्राचिन हिन्दू धर्म ग्रन्थ रामायण लेखिएको छ । राम नाम सत्यवक्ता, मर्यादा पुरुषोक्तम अनि ज्ञानी को रुपमा चिनिन्छ ।

विज्ञापन

त्रेतायूगमा चैत्त शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाईन्छ ।रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सवै मर्यादाको सधैं ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान रामको राज्य राम राज्य न्यायकालागि नूमना मानिन्छ ।