घटना समाचार

बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाजु पक्राउ

बिज्ञापन

बझाङ । आफ्नै बहिनी बलात्कार गरेको आरोपमा बझाङमा सहोदर दाइलाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण दाजुबहिनीकै नाम भने प्रहरीले गोप्य राखेको छ ।

गएको चैत्र ६ गते बेलुकी बालिका मेलामा घाँस काट्न जाने क्रममा बालिकाको आमा खेतमा पोस्रो (मल) फाल्न गएको मौका छोपी बालिकालाई छाना (गाइगोठमा) मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि लोभलालच देखाई बलात्कार गरेको र बलत्कार पछि बालिकालाई सोही ठाउँ छोडेर पिडक भागेको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

छोरीले आफुमाथि बलात्कार गरेको कुरा आफ्नो आमालाई सुनाएपछि बालिकाको आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन् ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए । बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएको डिएसपी विष्टले जानकारी दिए।

बिज्ञापन

बहिनी बलात्कारको आरोप लागेका दाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाइएको र थप अनुसन्धान भइरहेको समेत डिएसपी विष्टले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन