March 27, 2023

मालिका समाचार

देशकाे ऐना

क्वारेन्टाइनमा सामुहिक बलात्कार गर्ने पक्राउ

क्वारेन्टाइनमै सामुहिक बलात्कार
विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

जेठ ३२ कैलाली

कैलालीको क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय माग गरेकी छन।

विज्ञापन

जबर्जस्ती करणी अभियोगमा पीडित महिलाले किटानी जाहेरी दर्ता गरेपछि लम्की चुहा १ का सर्जन बिक १७ बर्ष लक्ष्मण परियार २० बर्ष ,किसोर परियार २२ बर्ष लाई इलाका प्रहरी कार्यालय लम्कीको टोलिले घटना स्थल बाट आरोपी हरुलाइ पक्राउ गरिसकेको छ।