Uncategorized

दुईटै हात–खुट्टा र ढाँड भाँचेर फेरि अर्को सामूहिक बलात्कार

बिज्ञापन

पूर्ण कुमाल
बलरामपुर, १५ असोज । उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारबाट मृत्यु भएकी पीडिताको चिताको आगो सेलाउन नपाउँदै यसै राज्यमा फेरि एक अर्को सामूहिक बलात्कारको घट्ना अगाडि आएको छ । यो घट्ना बलरामपुरको हो । यहाँ २२ वर्षिया दलित छात्रासंग सामूहिक बलात्कार गरिएको थियो ।

बलात्कार मात्र होइन आरोपिहरुले पीडितासंग नराम्रोसंग कुटपीट गर्नुको साथै पीडिताको ढाँड र दुबै हात–खुट्टाको हड्डी भाँचेका छन् । सामूहिक बलात्कार गरिसकेपछि आरोपिहरुले पीडिता छात्रालाई रिक्सामा हालेर उनको घर पठाई दिएका थिए । घर पठाएको केहि समयमा नै उनको मृत्यु भएको थियो । सबै ठाउँबाट अरोपीहरुलाई समात्न दबाब आएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मृतककी आमाको भनाई छकि छोरीलाई नशाको इंजेक्शन दिएर छोरीसंग सामूहिक बलात्कार गरिसकेपछि ढाँड र दुबै खुट्टा भाँचेर रिक्सामा हालेर घर पठाएका थिए । मेरी छोरी केहि बोल्न सकिरहेकी थिईन, यति मात्र भनिरहेकी थिईकि ‘मलाई धेरै पिडा भइरहेको छ, शायद अब म बाँच्न सक्ने अवस्थामा छैन ।’ तर उता बलरामपुरका एसपी देव रंजन वर्माले भनेका छन्कि हात–खुट्टा र ढाँड भाँचिएको कुरा सही होईन । पोष्टमार्टम रिपोर्टमा यस कुराको कुनै पुष्टि गरिएको छैन । सूत्रका अनुसार सामूहिक बलात्कारपछि युवतीको आन्तरिक र बाहिरी अंङ्गमा धेरै चोट लाग्नुको कारण उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

मृतकका आफन्तहरुको आरोप रहेको छकि २२ वर्षकी दलित छात्रा २९ सेप्टेम्बरको बिहान करीब १० बजे पचपेडवाको विमला विक्रम महाविद्यालयमा बि.कम.को एडमिशनको लागि घरबाट निस्किएकी थिई । साँझसम्म घर नफर्केपछि करीब ५ बजेरतिर उनको खोजबिन गर्दा कतैपनि उनलाई फेला पार्न सकिएन । राति ७ बजे पीडिता नराम्रोसंग घाईते अवस्थामा एक रिक्साबाट घर पुगिन् तब उनको अवस्थालाई देखेर सोधपूछ गर्ने कोशिस गर्दा उनी पीडाले चिल्लाउन थालिन् । पछि थाह भयोकि आरोपीहरुले साथीको बहानाले बोलाएर ती दलित युवतीमाथि सामूहिक बलात्कार गरेका रहेछन् ।
मृतकका भाइको भनाईको आधारमा प्रहरीले दुई जनामाथि बलात्कारको मुद्र्दा दर्ता गरिसकेको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Leave a Reply