
काठमाडौँ, २ माघ
सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी रातोपाटी र नेपालखवर अनलाइन पोर्टलले मिथ्यापूर्ण,भ्रामक,अतिरञ्जित, कपोकल्पित र असत्य समाचार सम्प्रेण गरेको भनी खेद व्यक्त गरेको छ ।
रातोपाटी र नेपालखवरले आज प्रधानमन्त्रीसँग सर्वाेच्च अदालतका केही न्यायाधीशले भेट गरेको भन्ने समाचार प्रस्तुत गरेका थिए ।

अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने तथा सम्पूर्ण प्रेसप्रतिको विश्सनीयतामा आँच आउन सक्ने औँल्याइएको छ ।
त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानून प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ । पोस्ट खबर बाट साभार
अन्य समाचारहरु
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ