राजनीति

रेणु दाहालको काम देखेर दंग छु, कल्पनासमेत गरेको थिएन : नेपाल

बिज्ञापन

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणु दाहालको प्रशंसा गरेका छन् । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै नेपालले भरतपुर महानगरका मेयरका उम्मेदवार दाहालले असल मेयरका रुपमा काम गरेको भन्दै खुलेरै प्रशंसा गरे ।
’रेणु दाहालको भाषण सुनेर दंगभार भएको छुँ । यसरी कामको प्रतिवेदन प्रस्तुत भयो, मैले कल्पना गरेको थिएन । धन्यवाद रेणुजी । रेणु विकासप्रेमी असल मेयरका रुपमा पाएका छौं,’ उनले भने ।

उनले भरतपुर महानगरलाई थप विकास गर्न रेणुको एजेण्डा प्रशंसनीय रहेको बताए । नेपालले भने, ’वस्तुवादी, यथार्थवादी हुनुपर्छ । ढाँट्ने हाम्रो संस्कार बन्नु हुँदैन । गर्नसक्ने काम मात्रै भन्नुपर्छ । राजनीति ठगधन्दा हुनुहुँदैन, हावादारी योजना बनाउनु हुँदैन ।’

योग्यताको जाँचमा रेणु दाहाल उत्कृष्ठ रहेको नेपालको भनाइ छ । ’रेणु दाहाल प्रचण्डको छोरी भएपछि अर्को पार्टीमा जाउ भन्ने ? योग्य छन् भने योग्यताको आधारमा आउने हो,’ उनले भने ।

बिज्ञापन
बिज्ञापन