खेलकुद

बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो

बिज्ञापन

काठमाडौं। क्याटलान क्लव बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समुह चरणबाटै बाहिरिएको छ ।

बिज्ञापन

गएराती बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना युरोपा लिगमा घटुवा भएको हो । बायर्न म्युनिखको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए ।

योसँगै समुह सी बाट बायर्न म्युनिखले ५ खेलमा सबै खेल जितेर १५ अंक जोडेको छ । बार्यन यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

त्यस्तै बार्सिलोना लगातार दोस्रो बर्ष समुह चरणबाट बाहिरिएको छ ।

बिज्ञापन