राजनीति

विप्लव र सिके राउतको माग पूरा गर्ने प्रक्रिया अघि बढ्यो : गृहमन्त्री खाण

बिज्ञापन

गृहमन्त्री बालकृष्ण खाणले नेपाल कम्युनिस्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन् । 

आइतवार रुपन्देहीको बुटवल उपमहानगरपालिकाको १९ नम्बर वडामा चुनाव प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा उनले ती दलले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको जानकारी दिए । उनले यी राजनीतिक दलहरूलाई मूलधारमा ल्याई मुलुकमा शान्ति स्थापना गर्न कानून संशोधन गर्नुपर्ने भएमा संशोधनको प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि बताए । 

यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ता बिनाशर्त रिहा गर्न, आफूहरूसँग सरकारले गरेका सहमति कार्यान्वयनमा ल्याउन माग गर्दै आएका छन् ।

बिज्ञापन
बिज्ञापन