राजनीति

‘पृथ्वी जयन्ती पुनःस्थापित गर्नु जनआन्दोलनको मर्म र भावनाविपरीत’

बिज्ञापन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्ती पुनःस्थापित गर्नु जनआन्दोलनको मर्म र भावनाविपरीत रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबकमार्फत अध्यक्ष यादवले प्रचण्ड सरकारले पृथ्वी जयन्ती पुनस्र्थापित गरेर जनआन्दोलनको मर्म र भावनाविपरीत कार्य गरेको बताएका हुन् ।

सरकारको यो कार्यले सहिदहरुको अपमान गर्ने र यसले विविधतामा एकता हैन एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने उनको दावी रहेको छ ।

जसपाले सरकारको साझा न्यनूतम कार्यक्रममा पृथ्वी जयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको थियो । तर, सरकारले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन