December 1, 2022

मालिका समाचार

देशकाे ऐना

ओलीसँग टेलिफोनमा कुरा गर्न एक दिनमै १ लाख १३ हजार बढीले टिपाए नाम र नम्बर

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन् ।

अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन बुधवार साँझ फेसबुकमार्फत आह्वान गर्दै नाम र नम्बर टिपाउन आग्रह गरेका थिए । ओलीको इन्बक्समा १ लाख १३ हजार ४७७ जनाले नाम टिपाइसकेको र यसबाट आफू खुशी भएको बताएका छन् ।

विज्ञापन
विज्ञापन

धेरै नाम र नम्बर आएकाले ओलीले नाम टिपाउने समय बिहीबार दिउँसो १२ बजेसम्म निर्धारण गरिएको जनाएका छन् ।