राजनीति

गठबन्धन संविधान रक्षाका लागि : माधव नेपाल

बिज्ञापन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको दावी गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताएका हुन् ।

ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ ।’

विपक्षहरूले नै कुरा उठाउँदै गरेको र तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण्डन गर्नुपर्ने भन्दै भनेका छन्, ‘यो गठबन्धन प्रकृति हो वा अप्राकृतिक हो यो प्रश्न खडा हुन्छ । त्यसपछि काउन्टर प्रश्न तेर्स्याउनुपर्छ ।’

अध्यक्ष नेपालले २/२ पटक संसद् विघटन गरेर संविधान कुल्चने प्रवृत्ति भएपछि यो गठबन्धन गरिएको बताए । उनले भन, ‘हाम्रो गठबन्धन संविधानको रक्षाका लागि बनाएको हो । २ पटक संविधान कुल्चिने काम भयो । मुलुकलाई स्थिरतातिर लग्ने काम भयो । त्यसपछि संविधान जोगाउन गठबन्धन बनायौं । संविधान मात्रै जोगाएनौँ लोकतन्त्र जोगायौँ ।’

बिज्ञापन
बिज्ञापन
बिज्ञापन