काठमाडौं । जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु हुने भएको छ ।
विज्ञापन

सरकारले निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको हो । सो नियम भोलिदेखि लागु हुने भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
यससँगै विदेशबाट स्वदेश फर्किने नेपालीले २ वटा मोबाइल ल्याउन पाउने भएका छन् । प्राधिकरणले नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए नभएको एकिन गरी खरिद गर्न सकिने बताएको छ ।
विज्ञापन

भन्सार विभागले विदेशबाट फर्कने यात्रुहरुले आफुले प्रयोग गरिरहेको मोबाइल फोन १ जान महसुल नतिरी ल्याउन पाउने व्यवस्था संशोधन गरिएको जानकारी दिएको छ।
अन्य समाचारहरु
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे ?
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?
सामाजिक सुरक्षामा १२ खर्ब ८० अर्ब २५ करोड बजेट