घटना समाचार

कोरियाली बाबुछोरा नेपाल आएको दुई घण्टामै सेतीमा अस्ताए

बिज्ञापन

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको ज्यान गयो । ५३ नेपाली र १५ विदेशी नागरिकले यात्रा गरिरहेको विमानमा २ दक्षिण कोरियन नागरिक समेत थिए ।

४५ वर्षका यु योङचोएल र उनका १४ वर्षीय छोरा यु स्याङ्याङ आइतबार बिहान मात्रै नेपाल आइपुगेका थिए । बिहान ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौँ ओर्लिएका उनीहरू लगत्तै पोखराका लागि उडेका थिए ।

१०ः३२ बजे यती एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा प्रस्थान गरेका उनीहरू पोखरा त आइपुगे तर विमानस्थल झर्न पाएनन् । उनीहरू चढेको विमान सेती खोंचमा झ–यो । र बाबुछोरा नै सेतीमा विलीन भए ।

बिज्ञापन
बिज्ञापन