स्वास्थ तथा सरसफाइ

डडेल्धुरामा ४० करोडको मेडिकल कलेज बन्ने

बिज्ञापन

डडेल्धुरा / प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्न संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको छ ।

डडेल्धुरामा मेडिकल कलेज खोल्नका लागि ४० करोड बजेट विनियोजन भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । 

०७८ साल माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेकोमा केही साता अगाडि मात्रै डिन नियुक्त पनि गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय मातहत रहने गरी मेडिकल कलेज सञ्चालन गर्न काठमाडौं विश्वविद्यालयका सर्जरी विभाग प्रमुख डाक्टर हेमनाथ जोशीलाई डिनमा नियुक्त गरिएको हो । जोशीलाई असोज १ गतेदेखि लागू हुने गरी नै भदौं अन्तिम साता नियुक्त दिइएकोमा अब डडेल्धुरामा डिनको कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ ।

बिज्ञापन

डिनमा नियुक्त जोशीले अर्को साता डडेल्धुरा आएर कार्यालय स्थापना गर्दै मेडिकल शिक्षा अध्यापनको प्रक्रिया अगाडि बढाउने बताए । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नै गन्यापधुरा अस्पताल अस्पताल निर्माण गर्न १४ करोड, जोगबुढा अस्पताल निर्माण गर्न ८ करोड र मातृ तथा शिशु उपचार भवन निर्माण गर्न एक करोड बजेट विनियोजन गरिएको छ ।

बिज्ञापन
बिज्ञापन