घटना समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

बिज्ञापन

बझाङ / बझाङमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा सुपप्र०१–००२प ४९३० नम्बरको ट्याक्टर दुर्घटना हुंदा चालक २३ वर्षीय करन बोहराको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । 
दुर्घटनामा परी घाइते भएका चालक करन बोहरा र वर्षीय निरज बोहरालाई डडेल्धुरा अस्पताल रेफर गरिएको थियो। उपचारका क्रममा चालक बोहराको मत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो। 

बिज्ञापन
बिज्ञापन