बिश्व

गुजरात विधानसभा निर्वाचनको मतगणना जारी, भाजपाले बहुमत ल्याउने पक्का

बिज्ञापन

भारतको गुजरातमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना भइरहेको छ । 

नवभारत टाइम्सका अनुसार, आरम्भिक रुझानमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) १४६ सीटमा अघि छ । विधानसभामा कुल १८२ सीट छन् । 

कांग्रेस २४ र आम आदमी पार्टी १० सीटमा अघि छन् । 

उता हिमाचल प्रदेशमा चाहिँ कडा प्रतिस्पर्धा चलिरहेको छ । कुल ६८ सीटका लागि भएको निर्वाचनमा भाजपा ३३ र कांग्रेस ३२ सीटमा अघि छन् । अन्य दलले तीन सीटमा अग्रता लिएका छन् । 

बिज्ञापन

त्यहाँ सरकार बनाउनका लागि निर्दलीय सांसदहरूको भूमिका महत्त्वपूर्ण हुन सक्ने देखिएको छ । 

बिज्ञापन
बिज्ञापन