Climate

यस वर्षको मनसुन पाँच प्रदेशबाट पूर्णरुपमा बाहिरियो

बिज्ञापन

काठमाडौं । यस वर्षको मनसुन पाँच प्रदेशबाट बाहिरिएको छ ।

गत जेठ २२ गते (जुन ५) नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज अक्टोबर १५ बाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश पूर्ण रुपमा बाहिरिएको हो ।

यस्तै मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ। नेपालको बाँकी भू-भाग  प्रदेश १ र मधेश  प्रदेशबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मिति भन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको मौसमविद्ले बताएको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन