राष्ट्रिय समाचार

आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने

बिज्ञापन

काठमाडौं : आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन्। 

तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।  

गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको छ। जसअनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म बिहा न १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन्। 

यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन्।  वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ। 

बिज्ञापन
बिज्ञापन
बिज्ञापन