अर्थ

रुपे कार्ड जारी गर्ने चौथो देश बन्यो नेपाल, के हुन्छ यसको असर ?

बिज्ञापन

नयाँ दिल्ली । नेपाल गत शनिबारका दिन ‘रुपे कार्ड’ जारी गर्ने चौथो देश बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाले संयुक्त रुपमा नेपालमा भारतीय विद्युतीय भुक्तानी प्रणाली रुपे कार्डको शुभारम्भ गरेका छन् ।

रुपे कार्ड नेपालबाहेक भुटान, सिङ्गापुर र संयुक्त अरब इमिरेट्समा सञ्चालित छन् । प्रधानमन्त्री मोदी र देउवाले व्यापार, लगानी, ऊर्जालगायतका क्षेत्रमा सहकार्यका विषयमा व्यापक वार्ता गरी यो कार्डको शुभारम्भ गरेका हुन् ।

आर्थिक सम्बन्धमा नयाँ सुरुवात
“नेपालमा रुपे कार्डको परिचयले हाम्रो आर्थिक सम्बन्धमा नयाँ अध्याय थप्नेछ,“ मोदीले वार्तापछि जारी गरेको विज्ञप्तिमा भने ।
नेपालमा कार्डको शुरुवातले प्रविधि र आविष्कारको प्रयोगसँगै आर्थिक सहजता र सशक्तीकरणको नयाँ मार्ग प्रशस्त गर्ने यस योजनासँग आवद्ध व्यक्तिले बताए । यसले रुपे कार्र्ड वाहकहरूलाई भुक्तानी गर्न सजिलो हुने मात्र नभई नेपालको भुक्तानी इकोसिस्टमको क्षमतालाई पनि बलियो बनाउने उनले बताए ।

भीम–यूपीआई पनि गत महिना सुरु भएको थियो
गत महिना अर्थात मार्च महिनादेखि नेपालले डिजिटल कारोबारका लागि भारतले विकास गरेको युनिफाइड पेमेन्ट इन्टरफेस प्रयोग गर्न थालेको छ । पीआईबीका अनुसार, भुटानले यस वर्षको सुरुमा डिजिटल लेनदेनको लागि भीम–यूपीआई आधारित डिजिटल लेनदेन अपनाएको थियो । मार्चमा नेपालले भारतको युपीआई प्रणाली पनि अपनाएको छ । भारतमा यूपीआईको सुरुवात २०१६ मा भएको थियो ।

बिज्ञापन

भारतमा पनि आधिकारिक तथ्याङ्क अनुसार, भीम–यूपीआई जनताको मनपर्ने भुक्तानी विकल्पको रूपमा देखा परेको छ । २८ फेब्रुवरी, २०२२ सम्म यसको माध्यमबाट ८.२७ लाख करोड रुपैयाँको रेकर्ड ४५२.७५ करोड डिजिटल भुक्तानी गरिएको छ । भारतमा डिजिटल भुक्तानी तीव्र गतिमा बढिरहेको छ । सरकारले डिजिटल कारोबारलाई पनि प्रवर्द्धन गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन