बिश्व

रुसी राष्ट्रपतिले भने– विश्व प्रभुत्व हासिल गर्ने पश्चिमी प्रयासमा आत्मसमर्पण गर्दैनौं

बिज्ञापन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्ने पुनः दोहो¥याएका छन् । राष्ट्रिय टेलिभिजनमा प्रसारित सरकारी बैठकमा बोल्दै पुटिनले उक्त कुरा दोहो¥याएका हुन् । उनले विश्व प्रभुत्व हासिल गर्ने पश्चिमी प्रयासमा आफूहरुले आत्मसमर्पण नगर्ने पनि बताएका छन् ।

‘पश्चिमी देशहरू रुसलाई कमजोर निर्भर देशमा परिणत गर्न चाहन्छन्,’ बैठकमा बोल्दै उनले भने,‘ यसको क्षेत्रीय अखण्डता उल्लङ्घन भएको छ । रुसलाई आफू अनकुल टुक्राटुक्रा पार्न खोजिएको छ ।’ पश्चिमा देशहरुको प्रतिबन्धहरूबाट निम्त्याएको असर स्पष्ट रूपमा देखिन थालेको स्वीकार गर्दै उनले मुद्रास्फीति र बेरोजगारी बढ्ने र अर्थतन्त्रमा संरचनात्मक परिवर्तनहरू आवश्यक पर्ने बताए ।

उनले रुस वार्तामा युक्रेनको तटस्थबारे छलफल गर्न तयार रहेको बताए । ‘हाम्रो देश र यसको भविष्यको लागि सिद्धान्तको प्रश्न ( युक्रेनको तटस्थ स्थिति, यसको डिमिलिटाइजेसन र यसको डिनाजिफिकेशन हो । हामी तयार थियौं र हामी वार्ताको एक भागको रूपमा छलफल गर्न तयार छौं,’ उनले भने। यता, युक्रेन र रुसले अस्थायी १५ बुँदे शान्ति योजनामा महत्वपूर्ण प्रगति गरेको बताइएको छ। फाइनान्सियल टाइम्सले वार्तामा संलग्न तीन व्यक्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।

यदि युक्रेनले तटस्थताको घोषणा गर्छ र आफ्नो सैनिकमा कटौती गर्छ भने रुस युद्धविराम र आफ्नो सेना फिर्तीको लागि तयार भएको बताइन्छ। प्रस्तावित सम्झौताबारे दुवै देशका वार्ताकारहरूले सोमबार पहिलो पटक पूर्ण रूपमा छलफल गरेका थिए । युक्रेनले नेटोमा सामेल हुने आफ्नो महत्वाकांक्षा त्यागेको र अमेरिका, बेलायत र टर्कीजस्ता सहयोगीहरूबाट सुरक्षाको बदलामा विदेशी सैन्य अड्डाहरू वा हतियारहरू नलिने वाचा गरेको बताइन्छ। समाधान नभएका मुद्दाहरूमा युक्रेनी सुरक्षाका लागि पश्चिमी ग्यारेन्टीको प्रकृति र रूसले २०१४ मा कब्जा गरेको युक्रेनी क्षेत्रहरूको स्थिति समावेश रहेको बताइन्छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन