
एजेन्सी । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिने उनले यस्तो जानकारी दिएका हुन् ।उनले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै निष्कर्ष भने ननिस्किएको जानकारी दिएका हुन् ।

युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ । जसका कारण यहाँ कैयौँ नागरिकको ज्यान गएको छ भने युक्रेनका संरचनाहरु पनि ध्वस्त भइरहेका छन् ।
तर वार्ताबाट कुनै निकास भने निस्किएको छैन । रुस युक्रेन द्वन्द्वले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई प्राय सबै देशहरुले फिर्ता लगिसकेको जनाएका छन् । रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।
अन्य समाचारहरु
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक.
क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु
चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’