
काठमाडौँ – रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्यमा ह्वात्तै बृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।
स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपुर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताउनुभयो ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ ।
नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ ।
अन्य समाचारहरु
अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प
मलाई अदालतमै हत्या गर्ने योजना बनेको छ, भर्चुअल सुनुवाइ होस् : इमरान खान
युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध