खेलकुद

पीएम कप क्रिकेट : सूदूरपश्चिममाथि एपीएफको सानदार जित

बिज्ञापन

काठमाडौं, कात्तिक १५ गते । विभागीय टोली नेपाल एपीएफ क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशमाथि सानदार जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हरायो । प्रतियोगिताका एपीएफको यो लगातार दोस्रो जित हो । 

सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले ११.२ ओभरमा ७० रन बनायो । एपीएफको जितमा ओपनर आशिफ शेखले अविजित ४२ रन बनाउनुभयो । प्रदिप ऐरीले अविजित २५ रन बनाउनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो । मैदान ओसिलो भएको कारण खेल ४३ ओभरमा झारिएको थियो । सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्न बलिङमा एपीएफका भुवन कार्कीले चार विकेट लिनुभयो । 

कमल ऐरी र मौसम ढकालले दुई दुई तथा किशोर महतो र अमर सिंह रौटेलाले एक एक विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफ शीर्षस्थानमा छ । एपीएफले दुई खेलबाट चार अङ्क बनाएको छ । एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । दोस्रो हार खेप्दै अङ्कविहीन सुदूरपश्चिम अन्तिममा छ । सुदूरपश्चिम पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

बिज्ञापन

बिज्ञापन
बिज्ञापन