December 1, 2022

मालिका समाचार

देशकाे ऐना

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौंमा

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो काठमाडौं आइपुगेकी छन् ।

१२ दिने एसियाली मुलुक भ्रमणमा रहेकी सहायक विदेशमन्त्री ट्रुडो आज बिहान काठमाडौं आइपुगेकी हुन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।

विज्ञापन
विज्ञापन

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ । साथै, अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको छ । नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा जाने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।