राजनीति

बीपी बा र श्री ५ महेन्द्रले सहकार्य गर्न नपाउँदा मुलुकले ठूला मौका गुमायो : मनिषा कोइराला 

बिज्ञापन

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइरालाले राप्रपालाई जिताउने अवसर नगुमाउन आग्रह गरेकी छन् ।

काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बीपीबालाई नबिर्सिएको बताइन् ।
उनले भनिन्, ‘तपाईंहरुलाई थाहा छ कि छैन । बीपी बा र श्री ५ महाराज महेन्द्र सरकार दुवै जना एकअर्कामा आदर राख्नुहुन्थ्यो । तर, उहाँहरुले कहिल्यैपनि सहकार्य गर्न पाउनुभएको थिएन । मुलुकले ठुलो मौका गुमाएको थियो । अहिले फेरि त्यस्तै मौका आएको छ । त्यो मौकालाई हामीले गुमाउनु हुँदैन । त्यसैले राप्रपालाई धेरै भोट दिएर जिताउनुस् ।’

बिज्ञापन
बिज्ञापन