August 18, 2022

मालिका समाचार

देशकाे ऐना

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौ । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अनुसार ६ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा संकेत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्ने लगायत काम गरिरहेका छन् ।

विज्ञापन

दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्यहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताए । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन् ।

विज्ञापन