August 11, 2022

मालिका समाचार

देशकाे ऐना

किन अदालत पुगे सलमान खान ?

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

मुम्बई । बलिउडका चर्चित अभिनेता सलमान खान कहिलेकाही विभिन्न समस्यामा परिरहने गर्छन् ।

विज्ञापन

यस्तै उनी आफ्नो एक पुरानो मुद्दालाई लिएर उच्च अदालतमा पुगेका छन् । भारतिय मिडियाका अनुसार उनी तीन वर्ष पुरानो अंगरक्षकको बिषयमा भएको एक मुद्दामा अदालत गएका हुन् ।

उनको अंगरक्षकलाई एक पत्रकारले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए । सोही बिषयको मुद्दालाई लिएर सलमान अदालत गएका हुन् ।

मुम्बईको मजिस्ट्रेट अदालतले सलमान र अंगरक्षक लाई ५ अप्रिलसम्म अदालतमा आउन भनेको थियो । सन् २०१९ मा पत्रकार अशोक पाण्डेले सलमानका अंगरक्षकमाथि आफूमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

विज्ञापन