June 3, 2023

मालिका समाचार

देशकाे ऐना

सलमान खानले चाँडै विवाह गर्ने

मुम्बई, ४ अक्टुम्बर । सलमान खानले आफूले अब चाँडै विवाह गर्ने बताएका छन् । बिग बोस–१४ सिजनको आरम्भ गर्दै उनले उक्त कुराको जानकारी दिएका छन् । ५४ वर्षका सलमान खानको विवाहको चर्चा वलिवुडमा समय–समयमा हुँदै आएको छ तर त्यसले सार्थकता भने पाउन सकेको छैन ।
अहिले रियालिटी टेलिभिजन शो ‘बिग बोस–१४’ को आरम्भ भइसकेको छ । सधैंको जस्तै यस सिजनमा पनि भरपूर मनोरञ्जन लिन पाउनुको साथै सलमानले आफ्नो अन्दाजमा सबैलाई मनोरञ्जन गराई रहेका छन् । उनले नयाँ सहभागीहरुको स्वागत गर्नुको साथै आफ्नो जीवनसंग गाँसिएका तिता–सत्य कुराहरुलाई अगाडि राखिरहेका छन् । खानले यस सिजनको पहिलो एपिसोडमै आफ्नो विवाहको चर्चालाई अगाडि बढाएका छन् ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

सिजनको पहिलो एपिसोडमा एक जना पण्डितलाई पनि सहभागी गराइएको छ । पण्डितले सहभागी भएकाहरुको भविष्य त बताई नै रहेकाछन्, त्यसको साथै उनले सलमान खानको विवाहमाथि ठुलो बयान पनि दिएका छन् । स्वायं सलमान खानले पण्डितसंग आफ्नो विवाहको बारेमा केहि प्रश्न सोधेका छन् । उनले पण्डितसंग भने– ‘धेरै वर्ष पहिले तपाईसंग भेट हुँदा मेरो विवाह चाँडै हुने बताउनु भएको थियो तर अहिलेसम्म भएको छैन । यस प्रश्नको जवाफ दिदै पण्डितले भने– ‘तपाईको ग्रहहरुको दिशा अहिले ठीक छैन । विवाहको जुन योग बनिरहेको थियो, त्यो अब भंग भइसकेको छ । उनको जवाफ सुनेर सलमान खानले साधेकि यो योग अब कहिले बन्ने छ ?’ पण्डितले भने– ‘अब केहि समयपछि ग्रह दिशामा सुधार आउने छ र तपाईको विवाह चाँडै हुनेछ ।’
पण्डितको यस्तो उत्तर सुनेर सलमान खान खुशीले नाच्न थाले । उनी लगातार हाँस्दै रहे र भने बल्ल आज मैले आनन्दको स्वाँस लिन सफल भएको छु । यता सलमान खानको विवाह चाँडै हुने कुरा सुनेर उनलाई मन पराउनेहरु धेरै खुशी भएका छन् । सलमान खानको जीवनमा कस्ती सुन्दरी आउने छिन् त्यसको पर्खाईमा उनीहरु रहेका छन् ।

तर यता चाहि सलमान खानले आफूले अहिले नै विवाह गर्ने कुनै योजना नभएको बताएका छन्, सबै कुरा ठीकठाक भएपछि आफूले चाँडै विवाह गर्ने बताएका छन् ।

विज्ञापन

हामी सबैलाई थाहछकि उनको अहिले पनि जोधपुर (राजस्थान) मा कालो हिरण मारेको आरोपमा जोधप्ुर अदालतमा मुद्दा चलिरहेको छभने रक्सि खाएर गाडि चलाउँदा मुम्बईको बान्द्रामा सडक पेटीमा राति सुतिरहेका मान्छेहरुमाथि गाडि चढाउँदा एक मान्छेको मृत्यु हुनुको साथै चार जना घाईते भएका थिए । यस आरोपमा उनले तल्लो अदालतबाट सफाई पाएपनि उनको अहिलेपनि सर्वोच्च अदालत दिल्लीमा मुद्दा चलिरहेको छ । यी सबै परिस्थितिहरुले गर्दा सलमान खानले चाहेर पनि विवाह नगरेको बताएका छन् । यी सबै कुरा ठीकठाक भएपछि आफूले चाँडै विवाह गर्ने वचन उनले आफ्ना दर्शक तथा शुभचिन्तकहरुलाई दिएकाछन् ।

स्मरण रहोसकि अहिले उनी नायिका यूलिया वंतूरसंग डेट गरिहेका छन् र उनीसंग धेरैभन्दा धेरै समय बिताई रहेका छन् । सलमान खानले भविष्यमा विवाह गर्नुपरे उनैसंग विवाह गर्ने कुराको पनि रहस्य खोलेका छन् ।