राजनीति

यस्ता छन् एकीकृत समाजवादीको घोषणापत्रका मुख्य बुँदा

बिज्ञापन

काठमाडौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।

बिज्ञापन

राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन् ।

घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ । एमालेसँग गरेको विद्रोह किन भयो ? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको छ ।

‘मुल महत्व विद्रोह किन गर्यौं भन्ने राखेका छौं । विगतमा स्थानीय तहमा गरेका कामहरूलाई पनि राखेका छौं’ एकीकृत समाजवादीले भनेको छ ।

यस्ता छन् नेकपा घोषणापत्रका मुख्य बुँदा
–पुष्पलाल लोकमार्गको सुरुवात
–काठमाडौं–नीजगढ द्रुत मार्गको सुरुवात
–स्थानीय तहमा महिला र दलितको उपस्थिति
–नेपालमा सुरुङमार्गको सुरुवात
–जनता आवास कार्यक्रमको सुरुवात
–विद्यालय र बालबालिका शान्ति क्षेत्रको घोषणा
–निशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा
–प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने
–किसानको लगानी सुनिश्चितता गर्ने कार्यक्रम अघि सारेको
–हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग हुने
–हरेक पालिकामा पुस्तकालय बनाउने
–प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने
–भ्रष्टाचार निर्मुल पार्ने
–घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ

बिज्ञापन