आस्था /आध्यात्म

भित्री प्रदुषणलाई सफा गर्ने एउटै माध्यम हो ब्रम्हज्ञान : नरबहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

बिज्ञापन

टीकापुर, ३१ बैशाख । मानवको शरीरभित्र रहेको प्रदुषणलाई सफा गर्ने एउटै माध्यम ब्रम्हज्ञान रहेको कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले हिजो टीकापुर सत्संग भवनमा आयोजित समर्पण दिवसको अवसरमा बताउनु भएको हो ।

उहाँले भन्नुभयो– ‘परमात्माले मानवको जन्म श्रृष्टिको सम्भार गर्नको लागि गरेको हो नकि संहार गर्नको लागि । जस्तै प्रदुषण बाहिर होस वा भित्र त्यो स्वास्थ्यको लागि हानिकार नै हुन्छ । आज संसारमा प्रदुषण नै प्रदुषण फैलिएको छ, स्वच्छ स्वाँस लिनपनि सकिरहेका छैनौ । त्यस्तै भित्रिरुप यसभन्दा ठुलो बिकराल रुपमा अहंकार, लोभ, लालच, क्रोध, ईष्र्या जस्ता खतरनाक प्रदुषणहरु रहेका छन् । बाहिर प्रदुषणलाई त भौतिक यन्त्रहरुको प्रयोग गरेर सफा गर्न सकिएला तर भित्र प्रदुषणलाई सफा गर्ने एउटै माध्यम हो ब्रम्हज्ञान । यदि ज्ञानलाई सही रुपमा हामी हाम्रो जीवनमा ढाल्छौ भने हामीभित्र रहेका अनेकौं भित्री प्रदुषण सफा हुनुको साथै हाम्रो जतिपनि भ्रमहरु छन् ती सबै सफा हुनेछन् । हामी नित्यरुपमा सेवा, सत्संग, सुमिरण गर्छौभने हाम्रो भित्री प्रदुषण सफा हुनेछन् ।

सत्गुरु बाबा हरदेव सिंह जी महाराजले मानवताको लागि गरिएको योगदानको स्मरण गर्दै उहाँले मानवताको लागि चालिएका कार्यहरुलाई कहिल्यै भूल्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो– सत्गुरु बाबा जीको ऋण हामीले कहिल्यै चुक्ता गर्न नसकिने बताउँदै उहाँको जतिपनि चर्चा गरे त्यो थोरै हुने बताउनुभयो । आफू सन् १९८६ मा दिल्लीको सन्त समागममा जाँदा त्यहाँ लाल किलामा समागम हुने गथ्र्यो त्यति बेला सन्त सरोवरलाई प्रदाले बेरीयर पुरुष र महिलाहरुले डुबल्कि लगाउने बनाईएको थियो भने अहिले निरंकारी सन्तोष सरोवरलाई हेर्दा विश्वमा पर्यटायकलाई आकर्षित गरेर एक पवित्र धार्मिक स्थल बन्न पुगेको छ, यो सबै सत्गुरु बाबा जीको योगदान हो ।

उहाँले अगाडि भन्नुभयोकि आज ३६ जिल्लामा १४० सत्संग भवनको निर्माण भइसकेको र बाँकी निर्माण हुने क्रममा रहेको बताउनुभयो । सत्गुरु बाबा हरदेव सिंह जीको नेपाल कल्याण यात्रा पछि नेपालमा निरंकारी मिशनले तिब्रता पाएको बताउँदै यसभन्दा अगाडि हामी आपसी जातिपाति, लडाई–झगडा, सम्प्रदायमा सिमित थियौं जब बाबा जीको हामीमाथि कृपा हुँदा आज करिब पूरा नेपालमा नै सन्त–महापुरुषहरु फैलिन पुग्नुभयो, यो सबै सत्गुरुको ठुलो कृपा हो । उहाँले भन्नुभयो जब २७ अप्रेल १९८० मा बाबा जीको काँधमाथि ठुलो जिम्मेवारी आउँदा उहाँले निरंकारी मिशनमा परिवर्तन ल्याउनुभयो । उहाँ आउनुभन्दा धेरैको मनमा निरंकारी मिशनलाई धर्म–सम्प्रदायको रुपमा हेर्ने गरिन्थ्यो जब बाबा जी आउनुभयो तब उहाँले यसलाई निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचारधारालाई सकार गर्नुभयो । यसरी जो गुरुमत हिड्यो, गुरुले देखाएको बाटो हिड्यो आज त्यसको जीवन सार्थक भएको हामी पाउँछौ । जो मनमतमा हिड्यो त्यसको जीवन दुःख–पीडामा रहेको हामी पाउँछौ । बाबा जीले मानवताको लागि दिनरात नभएर खटिरहनुभयो । निरंकारी मिशनको मुलभूत सन्देशलाई संसारभरि फैलाएर मानवताको रक्षा गर्नुभयो, उहाँले बताउनुभयो ।

बिज्ञापन

बाबा जीको उद्गारमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो– ‘संहार होइन, श्रृंगार गरौं’, ‘अपकार होईन उपकार गरौं’ यसरी आज संसारमा जताततै संहार नै संहार रहेको छ, कतै उपकार गरेको पाईदैन, कहिपनि शान्ति ब्यवस्था छैन, आज केवल एकै ठाउँमा शान्ति स्थापित भएको देखिन्छ त्यो हो निरंकारी मिशन, सद्भाव छ, सहनशीलता छ, अनुशासन छ । सत्गुरु माता जीले आज विश्वमा शान्तिको बिऊँ रोपेर शान्ति स्थापित गरिरहनुभएको छ ।

समर्पण दिवसको अवसरमा क्षेत्रिय सेवादल संचालक नर बहादुर बटाला, निरंकारी आदर्श विद्यामन्दिरका अध्यक्ष श्रीराम काफ्ले, टीकापुर भवनका मुखी महादेव भण्डारी, मुम्बईबाट आउनुभएका मनोज कोटाल, धन बहादुर थापा, नैन सिंह, सेवादल प्रकाशमान ठकुल्ला लगाएका सन्त–भक्तहरुले समर्पण दिवसको अवसरमा आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन सहायक शिक्षक चन्द्र सिंह भूलले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन