खेलकुद

आत्तिनु हुँदैन, नतिजा आउँछ : सन्दीप लामिछाने

बिज्ञापन

काठमाडौं । नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले बिस्तारै नतिजा आउने बताएका छन् । सोमबार त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि जितेपछि सन्दीपले विस्तारै नतिजा आउदै जाने बताएका हुन् ।

“यो जितमा सबै जनाको उत्तिकै योगदान छ । हामी सबै सिक्दै छौँ । सबैजनासँग अलि अलि अनुभव छ । ठुलो नतिजा आउन समय लाग्न सक्छ । हामि आत्तिनु हुँदैन । बिस्तारै नतिजा आउँछ,“ सन्दीपले भने, “त्यो ठुलो उपलब्धिका लागि यो सुरुवात भइसकेको छ ।“
क्यान र खेलाडीबीच लामो समय विवादपछि सन्दीपले कप्तानको जिम्मेवारी पाएका थिए । उनको कप्तानीमा नेपालले ओमानमा आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलेको थियो । ग्लोबल छनोटको समूह चरणमा नेपालले राम्रो नतिजा निकाले पनि सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको थियो । उक्त पराजयसँगै नेपालको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो ।

त्यसलगत्तै नेपालले यूएईमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को एकदिवसीय शृङ्खला खेलेको थियो । उक्त शृंखलामा नेपालले दुई खेल जिते पनि दुईमा पराजय भोग्नुप¥यो । चारै खेलमा नेपालको ब्याटिङ कमजोर रह्यो ।

ओमान र यूएई दुवै भ्रमणमा नेपाल पराजित हुनुमा टिमभित्रको वैमनस्य प्रमुख कारण रहेको मानिएको छ । नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानाइकेले पनि पहिलका जस्तो ‘टिम स्पिरिट’ नरहको बताएका थिए ।

बिज्ञापन

यूएईबाट फर्किएपछि नेपालले काठमाडौंमै पीएनजीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । दुवै खेलममा नेपाल पराजित भयो । पीएनजीले एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ‘क्लिन स्विप’ ग¥यो ।

तर मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा भने नेपालले सबै खेल जितेर उपाधि जितेको थियो ।

जितपछि टिमभित्रको वैमनस्य मिलेको हो भन्ने प्रश्नमा सन्दीपले भने, “अहिले जितको खुसी मनाउने बेला हो । विवादबारे बोल्ने बेला होइन ।“

बिज्ञापन
बिज्ञापन