राजनीति

संसदको गणित परिवर्तन नहुँदासम्म गठबन्धन कायम रहन्छ–गृहमन्त्री खाँण

बिज्ञापन

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनहरुमा गठबन्धनमै चुनाब लड्ने बताएका छन् । सदरमुकाम बेनीमा शुक्रबार नेपाल छन्त्याल संघको ७औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

तत्कालिन नेकपा सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले संविधानमाथि प्रहार गर्दै असंवैधानिक कदमहरु चाल्न उद्धत भएपछि काँग्रेसले बाध्यात्मक रुपमा गठबन्धन गरी संविधानको रक्षा गरेको उनले बताए। संसदमा कांग्रेसको अंकगणितले मात्र ओलीले गरेका असंवैधानिक कदमहरुको प्रतिरोध गर्ने अवस्था नहुँदा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको उनको भनाइ छ ।

‘‘हिजो हामीले निर्वाचनमा गठबन्धन गर्ने, सरकारमा भाडबण्डा गर्ने सहमती गरेर सरकार बनाएका हौं । सोहिअनुसार निर्वाचनमा सत्तागठबन्धबिच चुनाबी गठबन्धन हुन्छ । खोलो तरेर लौरो बिर्सन हुँदैन भन्नेमा हामी प्रतिबद्ध छौं,’’ उनले भने ।

नेपालमा राजनीतिक परिवर्तन, शान्ति स्थापना, संविधान निर्माणलगायतका विशिष्ट अवस्थामा विचार नमिल्ने दलहरुबिचमा पनि सहमती र सहकार्य भएको स्मरण गराउँदै खाँणले कार्यकर्ताहरुलाई निर्वाचनमा गठबन्धन गरेर अघि बढ्न आग्रह गरे। ‘‘निश्चित उद्देश्य प्राप्तीका लागि दलहरुबिच विभिन्न समयमा सहकार्य भएको छ। यसपटक संविधान मिच्नेहरुसंगको लडाइँका लागि गठबन्धन भएको छ। संसदको गणित परिवर्तन नहुँदासम्म गठबन्धन कायम रहन्छ,’’ उनले भने ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन