टीकापुर

मन्त्रीद्वारा स.नि.आदर्श विद्या मन्दिरको नवनिर्मित सभाकक्षको उद्घाटन

बिज्ञापन

टीकापुर, २ साउन । सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुरको नवनिर्मित सभाकक्षको उद्घाटन सम्पन्न भएको छ । नवनिर्मित सभाकक्षको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री रण बहादुर रावलले सन्त निरंकारी मिशनले आज मानवलाई मानव बन भन्ने प्रेरणा दिनुको साथै समाजका विभिन्न क्षेत्रमा समय–सयममा पु¥याएको योगदानको ह्दयले प्रशंसा गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो– ‘मन मुटावका स–साना कुराहरुलाई लिएर राजनीतिक क्षेत्रसंग जोड्ने कार्य गलत प्रवृत्ति भएको र अहिले हामी आफ्नै मान्छेहरुबाट अपहेलित र तिरिस्कृत भएको हामीले पाएका छौ । समाजमा जातजाति, धनि–गरीव, सानो–ठुलो भेदभाव अझैपनि विद्यमान रहेको छ । अहिलेका युवाहरुमा हामीले बिभिन्न सम्प्रदायिक, जातजाति, सानो–ठुलो जस्तो कुसंस्कारलाई हामीले युवाहरुको मनस्थितिमा हाल्नु हुँदैन, त्यसबाट समाज विकासतिर नगएर एक बिखण्डनकारीतिर जाने छ । समाजमा जुनसुकै जातजाति, वर्गको यदि राम्रो मान्छे छभने हामीले कुनै भेदभाव नगरेर उसलाई साथ दिनु पर्छ, उहाँले बताउनुभयो ।’


उहाँले उदाहरण दिदै भन्नुभयोकि यदि धानको उत्पादन राम्रो लिनुछ भने धानलाई समयमा रोपेर त्यसको राम्रो स्याहार–सुसार गरेको खण्डमा पछि गएर धानको राम्रो उब्जनि पाउन सकिन्छ, त्यस्तै प्रकारले यदि हामी साँच्चिकै टीकापुर क्षेत्रलाई राम्रो सुन्दर, समृद्धि र नेपालकै एउटा नमूना टीकापुर बनाउन चाहन्छौ भने त्यसतिर हामी सच्चा ह्दयले लाग्नु पर्ने छ र आफूपनि सबै चीजलाई छोडेर यस टीकापुरको विकासको लागि केहि गरौं भन्ने भावनाबाट प्रेरित भएर यहाँ आएको बताउनुभयो ।
आफ्नो र यहाँका स्थानीय जनताहरुको आथक मिहिनेत र प्रयासले बल्ल सनकट्टि घाटमा पुल निर्माणको बजेट पार्न सकिएको र यसभन्दा पहिले पनि पटक–पटक प्रयास गर्दा नदीको बहावको कारणले धारहरु परिवर्तन हुँदै गरेको कारणले बजेट बिनियोजन हुन नसकेको तर अहिले ठेकावालालाई नै आफै नक्शा बनाएर आफै बनाउन भन्दा यो सम्भव हुन गएको उहाँले बताउनुभयो । यत्रो अपार प्रकृति स्रोत र साधनले परिपूर्ण टीकापुर पार्कको विकास नहुनुको कारण आज हामीमा आफ्नोत्व नहुनुको साथै यसतिर सम्बन्धित निकायले चासो नदिनुको कारण पनि हो । यसको लागि स्थानीय तहदेखि सबै जनता उठ्नु पर्ने बेला आएको छ, नेताहरुलाई भोट दिएर मात्र केहि फाईदा हुने वाला छैन जबसम्म उनीहरुलाई हामी जागृति गराउँदैनौ । निरन्तर लागि रहदा कुनैपनि कार्य सफल हुन्छ भन्दै आफू टीकापुर बहुमुखी क्याम्पसको स्थापनाको लागि धेरै डौड–धूप गरेको तर अन्त्यमा लक्ष्य पूरा गरिछाडेको अनुभव साझा गर्नुभयो । आफूले टीकापुर क्षेत्रको शिक्षा, खेलकूद, सडक, भौतिक पूर्वाधार निर्माण आदि विकासको लागि करिब एक अर्ब भित्र्याई सकेको तर राजनीतिक आपसी खिचलो र खिचातानीको कारण टीकापुरको एयरपोर्ट बन्न नसकेको गुनासो पोख्दै केहि स्थानीय नेताहरुको कारण एयरपोर्टको काम थालनि हुँदा उनीहरुको कारणले गर्दा त्यो काम रोकिएको बताउनुभयो ।

त्यस्तै प्रकार टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले सानो रकमबाट यति ठुलो भवनको निर्माण हुनु एउटा उदाहरणीय कार्यभएको बताउँदै आफूले बिगतको वर्षमा धेरै यस्ता परियोजनाहरुको निरिक्षण गरिएको तर यति सानो रकममा यति राम्रो कार्य कतै नपाएको बताउँनुभयो ।उहाँले अगाडि भन्नुभयोकि यदि यस्तै प्रकारले सरकारले दिएको बजेटको सबैले सहि सदुपयोग गरिदिएको खण्डमा राज्यको जुन पूँजी छ त्यसको सही सदुपयोग हुने थियो ।


आज सन्त निरंकारी मण्डलले शैक्षिक, सामाजिक, धार्मिक र लोक कल्याणकारी क्षेत्रमा जुन प्रकारको योगदान दिएको छ यो अत्यन्त महत्वपूर्ण, अविस्मणिय एक उदाहरणिय रहेको कुरा प्रष्ट पार्दै टीकापुर विकासको लागि सबै टीकापुर बासीहरु एकबद्ध भएर हाम्रा जुन साझा सपना र समस्याहरु छन् त्यसलाई सामूहिक रुपमा निरुपण गर्नको लागि हामी सबैले लाग्नुपर्ने बताउनुभयो । उक्त अवसरमा उपप्रमुखले टीकापुर नगरपालिका र आफूबाट हुने सहयोगका लागि निरन्तर लागि रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

बिज्ञापन

आज एउटा नमूनाको सानो सभाकक्ष भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले यो जे–जति आफूहरुले गर्न सकेका छौ त्यो सबै गुरुको कृपा र उहाँबाट पाएको सिखलाई रहेको बताउँदै निरंकारी मिशनसंग आवद्ध सबै सन्त परिवारलाई कुनै किसिमको लोभ–लालचको चाहना हुँदैन, उनीहरुको एउटै उद्देश्य रहेको हुन्छ कि तन, मन, धन सबै ईश्वरको हो, हाम्रो त यहाँ केहि पनि छैन, खाली हात आएका थियौं, खाली हात नै जाने छौ, हामीले कुनै प्रकारको गलत कार्य गर्नु हुन्न भन्ने जुन गुरुबाट सन्तहरुले ज्ञान पाएका हुन्छन् त्यसै मार्गमा अग्रसर भएर उनीहरु जीवन व्यतित गरिरहेका हुन्छन् ।

पहिले सन्त निरंकारी मिशनले टीकापुरमा १० कट्टा मात्र जमिन किनेको थियो तर पछि गएर मिशनको प्रगति देखेर अलि–अलि गर्दा–गर्दा अहिले मिशनसंग दुई बिगाह जमिनरहेको बताउँदै सन्त निरंकारी मिशनले आध्यात्मिक सत्संग भन्दापनि परहितको कार्य गरेर एउटा सानो झोपडीबाट यात्रा प्रारम्भ गरेर आज यत्रा स्कूल भवनहरुको निर्माण हुन सक्यो साथै सन्त निरंकारी आदर्श विद्या मन्दिर कुनै योजना अन्र्तगतको विद्यालय पनि होइन तर टीकापुरका विभिन्न नामचिन विद्यालयहरु पूर्व प्लानिङ अन्र्तगत संचालित स्कूल हुन उहाँले बताउनुभयो । सीतापुरको जनजागृति स्कूल पनि विभिन्न समुदायका सबै वर्गका विद्याथीहरुले राम्रो शिक्षा हासिल गर्न सकुन भनि आफूले त्यसको स्थापना गरेको र करिब १६ वर्षसम्म संचालक समितिको अध्यक्ष भएर कार्य गरेको अनुभव साझा गर्नुभयो ।

उहाँले उपस्थित आन्तरिक मामिला तथा कानून मन्त्री डा. रण बहादुर रावललाई विद्यालयको सभाकक्षको निर्माणमा सहयोग पुरयाई दिएकोमा ह्दयदेखि धन्यवाद दिदै अझैपनि मिशनलाई खानेपानी तथा शौचालयको आवश्यकता भएकोले यहाँ प्रत्येक हप्ता सत्संग र बाल संगत हुने भएकोले भवनमा प्रचुर मात्रामा पानी र शौचालयको व्यवस्था नभएकोले त्यसको निर्माणको लागि प्रदेश सरकार र टीकापुुर नगरपालिकाबाट आफूले सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

अन्त्यमा सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्लेले आफ्नो अमूल्य समय दिएर उद्घाटन कार्यक्रममा सरिकभई शोभा बधाई दिएकोमा आगन्तुकहरुलाई धन्यवाद ज्ञानपन गर्नुभएको थियो भने कार्यक्रममको संचालन नेपालका क्षेत्रिय सेवादल संचालक नर बहादुर बटालाले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन