आस्था /आध्यात्म

७५औं वार्षिक निरंकारी सन्त समागममा दिइयो अध्यात्मवाद र मानवताको सन्देश
मुम्बई एवं महाराष्ट्रबाट हजारौं सन्तहरुको सहभागिता

बिज्ञापन

समागमको झलकहरु
निरंकारी अध्यात्मिक स्थल, समालखा (हरियाणा) मा नोभेम्बर १६ देखि २० गतेसम्म आयोजित ७५औं वार्षिक निरंकारी सन्त समागम स्वयंमा दिव्यता एवं भव्यताकोे अनुपम उदाहरण बन्यो, जसमा भारत तथा विदेशका लाखौं भक्तजनले पवित्र दर्शन र अमृतमय प्रवचनमा सहभागिता जनाए । मानवताको यो महाकुम्भ पक्कै पनि सम्पूर्ण निरंकारी मिशनको इतिहासमा कोसेढुङ्गा थियो जुन सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।

अध्यात्मवाद र मानवता एक साथ
यस वर्षको सम्मेलनको मुख्य नारा ‘अध्यात्मवाद र मानवता एक साथ’ रहेको थियो । समागम स्थलतर्फ जाँदा विभिन्न ठाउँमा राखिएका होर्डिङ र ब्यानरमा समागमको उक्त मन्त्र पढ्न पाईन्थ्यो । समागमको यस मुख्य बिषयमा वक्ताहरुले विभिन्न विधाका माध्यमबाट आफ्ना भावनाहरु व्यक्त गरेका थिए ।

सत्गुरु माता सुदीक्षा जी महाराजले अध्यात्मवाद र मानवताको सन्देशमा आशीर्वाद दिँदै अध्यात्मले मानिसको भित्री अवस्थामा परिवर्तन ल्याउने र मानवतालाई सुन्दर रूप दिने बताउनुभयो । जब यो परमपिता परमात्माले हृदयमा वास गर्नुहुन्छ, तब अज्ञानताको अन्धकार नाश भएर जाने गर्दछ र मनमा रहेका सबै विकृतिको अन्त्य हुन्छ । परमात्मा शाश्वत र सर्वव्यापी हुनुहुन्छ, जसको दिव्य ज्योति निरन्तर चम्किरहन्छ । जब ब्रम्हज्ञानी भक्तले आफ्नो मन परमात्मासँग जोड्छ, तब उसलाई सांसारिक चीजहरूको कुनै असर हुँदैन ।

सत्गुरु माता जीले भक्ति गर्नको लागि कुनै उमेरको सीमा हुँदैन, यो जुनसुकै उमेर र चरणमा गर्न सकिन्छ भन्नुभयो । ब्रम्हज्ञान प्राप्त गरेपछि मात्र वास्तविक भक्ति सम्भव छ ।

बिज्ञापन

शान्ति र अमनको सन्देशको महत्व बुझाउँदै सत्गुरु माता जीले यी सन्देशहरू अरूलाई दिनुअघि हामीले आफ्नो जीवनमा समाहित गर्नुपर्ने बताउनुभयो । कसैप्रति शत्रुता, ईष्र्या नराखी सबैप्रति सहिष्णुता र नम्रता जस्ता गुणहरू अंगालेर सबैका लागि प्रेरणाको स्रोत बन्नुपर्दछ ।

सत्गुरु माता जीले आफ्नो आशीर्वादमा भन्नुभयो कि ब्रम्हज्ञान प्राप्त गरेपछि जब सन्तहरूले विवेकपूर्ण जीवन बिताउँछन् तब मात्र तिनीहरू साँच्चिकै पूजनीय हुन्छन् । त्यसपछि तिनीहरू सारा संसारको लागि उपयोगी साबित हुन्छन् । त्यस्ता सन्त–महात्मा ब्रम्हज्ञानको दिव्य ज्योतिको अवतार बन्छन् र आफ्नो उज्यालो जीवनले समाजमा व्याप्त भ्रमको अन्धकारबाट मुक्ति प्रदान गर्छन् । ज्ञानको दिव्य दृष्टिले सन्त–महात्माहरुले संसारका हरेक प्राणीलाई उत्तम एवं श्रेष्ठ देखा पर्दछन् र समदृष्टिको भावनालाई धारण गरेर हृदयमा कसैप्रति नकारात्मक भावना राख्दैनन् ।

सेवादल रयाली
निरंकारी सन्त समागमको इतिहासमा यो पहिलो पटक हो पूरै दिन सेवादललाई समर्पित गरिएको । समागममा आयोजित यस रंगारंग सेवादल ¥यालीमा सहभागीहरुले शारीरिक व्यायाम, खेलकुद, मानव टावर, मल्लखाम्ब जस्ता करतबहरु देखाएका थिए । यस बाहेक वक्ता, गीतकार तथा कविहरुले समागमको मुख्य बिषय ‘अध्यात्मवाद र मानवता एक साथ’ मा आधारित विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए जसमा प्रवचन, कविता, ‘सम्पूर्ण अवतार बाणी’ को पवित्र वचन गायन, सामूहिक गीत र स्किटहरु रहेका थिए ।

सेवादलको ¥यालीमा सहभागी स्वयंसेवकहरूलाई आफ्नो पवित्र आशीर्वाद दिदै सत्गुरु माता जीले सेवाको भावनाका साथ गरिने सेवालाई यथार्थमा सेवा भनिन्छ । सेवा गर्ने अवसर केवल कृपा होे, यो अधिकार होइन ।

गान्धी ग्लोबल परिवारद्वारा सत्गुरु माता सुदीक्षा जी महाराज शान्ति दूतबाट सम्मानित
निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजलाई गान्धी ग्लोबल परिवारले समागमको क्रममा नोभेम्बर १९ मा शान्तिदूत सम्मानले सम्मान गरेको थियो । गान्धी ग्लोबल परिवारका अध्यक्ष पद्मभूषण गुलाम नबी आजादले मुख्य मञ्चमा विराजमान सत्गुरु माता जीलाई उक्त सम्मान प्रदान गरेका थिए । उक्त अवसरमा उहाँसँग संस्थाका उपाध्यक्ष पद्मश्री डा. एस. पिनवर्मा र सर्वोच्च अदालतका पूर्व न्यायाधीश माननीय श्रीमती इन्दिरा बनर्जी उपस्थित हुनुहुन्थ्यो । सम्मान प्रदान गरिसकेपछि आफ्नो भावना व्यक्त गर्दै श्री गुलाम नबी आजादले सत्गुरु माता सुदीक्षा जी महाराजको पावन छत्रछायामा हुने यस दिव्य सन्त समागममा सहभागी भक्तजनहरू प्रेमको सन्देश दिन मात्रै भेला भएको बताए ।

विश्व शान्तिदूत सम्मान प्रति आफ्नो भावना व्यक्त गर्दै सत्गुरु माता सुदीक्षा जीले आफ्नो प्रवचनमा यो उपलब्धि हजूर सन्तहरूको वरदान भएको बताउनुभयो जसले यो एक ईश्वरलाई चिनेपछि एकताको धागोमा बाँधिएका छन् ।

बहुभाषिक कवि दरबार
निरंकारी सन्त समागमको मुख्य आकर्षणहरू मध्ये एक ‘अध्यात्मवाद र मानवता एक साथ’ शीर्षकको बहु–भाषिक कवि दरबार थियो । यही विषय–वस्तुका आधारमा बहुभाषिक कवि दरबारमा देश–विदेशका कविहरूले हिन्दी, पंजाबी, उर्दू, हरियाणवी, मुलतानी, अंग्रेजी, मराठी र गुजराती भाषामा कविता वाचन गरेका थिए । मञ्चमा अमूर्त भावले भरिएका यी कविताहरूको सुन्दर प्रस्तुति देखेर दर्शकले ताली बजाएर खुशी व्यक्त गर्दै कवि दरबारको प्रशंसा गरेका थिए । यसका साथै समागमको प्रत्येक दिन सानो कवि दरबार पनि आयोजना गरिएको थियो, जसमा अध्यात्मवाद र मानवताको पक्षहरूमाथि प्रकाश पारिएको थियो ।

स्वास्थ्य हेरचाह व्यवस्थापन
स्वास्थ्य सेवा अन्तर्गत समागम स्थलमा ५ एलोप्याथिक र ४ होमियोप्याथिक औषधालय रहेका थिए । यस बाहेक १४ वटा प्राथमिक उपचार केन्द्र, १ काइरोप्राक्टिक चिकित्सा प्रणाली शिविर र ४ वटा एक्युप्रेसर÷फिजियोथेरापी सुविधा केन्द्रहरु बनाइएको थियो । कार्यक्रम स्थलमा मण्डलबाट १२ र हरियाणा सरकारबाट २० वटा एम्बुलेन्सको व्यवस्था गरिएको थियो । यसका साथै १०० शैयाको अस्पतालले पनि खाँचोमा परेका भक्तजनको सेवा गरिरहेको थियो ।

सुरक्षा र ट्राफिक व्यवस्थापन
सन्त समागमको सुरक्षाको लागि मिशनका सयौं सेवकहरू दिनरात ट्राफिक नियन्त्रण सेवामा खटिएका थिए । समागममा ट्राफिक व्यवस्थापनका लागि प्रशासन र भारतीय रेलवेले नियमित आवतजावतका लागि दिल्लीको आनन्द विहार, हजरत निजामुद्दीन र पुरानो दिल्ली रेलवे स्टेशनहरूमा भक्तहरूलाई उचित सुविधा उपलब्ध गराइएको थियो । सामान्य दिनमा नआउने रेललाई समागम स्थल नजिकैको भोडवल माजरी रेलवे स्टेशनमा रोक्ने व्यवस्था रेल प्रशासनले गरेको थियो ।

लंगर र क्यान्टिन
सन्त समागममा आएका सबै भक्तजनका लागि समागम स्थलको चारै ठाउँमा लंगरको उचित व्यवस्था गरिएको थियो । यसका साथै २२ वटा क्यान्टीनको पनि उचित व्यवस्था गरिएको थियो जसमा सबै भक्तजनलाई सहुलियत दरमा चिया, कफी, चिसो पेय पदार्थ र अन्य खाद्य सामग्री उपलब्ध गराइएको थियो ।

सरसफाइ व्यवस्थापन
समागम स्थलमा सरसफाइको विशेष ख्याल राखिएको थियो, जसमा स्टिलको थालमा मात्रै लंगर खुवाइन्थ्यो र क्यान्टिनमा चिया र कफीका लागि स्टिलका कपहरू प्रयोग गरी वातावरणको शुद्धता र सरसफाइमा कुनै हानी नहोस् र समागमको स्वरुप सुन्दर बनिरहोस भनेर ध्यान पु¥याईएको थियो । फोहोर व्यवस्थापनका लागि पनि उचित व्यवस्था गरिएको थियो ।

निरंकारी प्रदर्शनी
निरंकारी सन्त समागमको मुख्य आकर्षण मध्ये एक ’निरंकारी प्रदर्शनी’ थियो । सन् १९७२ देखि यो प्रदर्शनी निरंकारी सन्त समागमको अभिन्न अंग बनेको छ । यसमा मिशनको इतिहास, यसको विचारधारा र सामाजिक गतिविधिहरूको चित्रण गरिएको थियो । यस वर्ष यो प्रदर्शनी समागमको मुख्य आकर्षण बनेको थियो र समागमको अवधिमा दैनिक हजारौं भक्तजनहरूले प्रदर्शनीको अवलोकन गरेका थिए ।

यस वर्ष प्रदर्शनीलाई मुख्य ६ भागमा राखिएको थियो र यसमा आधुनिक प्रविधिको प्रयोग गरी निकै आकर्षक बनाइएको थियो । यी ६ खण्डहरूमा मुख्य प्रदर्शनी थियो भने अन्य खण्डहरूमा स्टुडियो डिभाइन, बाल प्रदर्शनी, स्वास्थ्य तथा समाज कल्याण विभाग प्रदर्शनी, थिएटर र डिभाइन स्टुडियो आदिको सुन्दर संयोजन रहेको थियो ।

यस वर्षको निरंकारी प्रदर्शनीमा समागमको मुख्य विषयवस्तु ‘अध्यात्मवाद र मानवता एक साथ’ सहित ७५ वटा समागमको इतिहासलाई प्रभावशाली ढंगले प्रदर्शन गरिएको थियो, जसमा दर्शकले निकै खुसी व्यक्त गरेका थिए ।

समागमको समापन सत्रमा समागमका संयोजक श्री जोगिन्दर सुखिजाले सत्गुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता रमित जी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सरकारी निकाय र प्रशासनलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

काइरोप्राक्टिक शिविर
विगत १० वर्षदेखि निरंकारी सन्त समागममा यो काइरोप्राक्टिक शिविर सञ्चालन हुँदै आएको छ, जसमा दैनिक सयौंले उपचार गरी लाभान्वित भइरहेका छन् । यस वर्ष शिविरमा क्यानडा, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, स्पेन, जर्मनी, चीन, ताइवान र स्विट्जरल्यान्ड लगायतका देशका विशेषज्ञ डाक्टरहरु समेत रहेका विभिन्न देशका करिब ५५ जना चिकित्सकहरुको टोलीले निस्वार्थ सेवाबाट मानिसहरुको उपचार गरेको थियो ।

डियोन काइरोप्राक्टिक एसोसिएसनका अध्यक्ष माननीय जिमी नन्दले यस शिविरको विगतको सफलताप्रति खुशी व्यक्त गर्नुभयो । सम्पूर्ण कार्यक्रममा यस शिविरबाट हजारौं मानिस लाभान्वित भएका थिए । यस शिविरमा सन्त निरंकारी परोपकारी प्रतिष्ठान र सेवा दलका क्रमशः २५० र १५० स्वयंसेवकहरूले चिकित्सकहरूलाई सहयोग गरेका थिए ।

बिज्ञापन
बिज्ञापन