आस्था /आध्यात्म

सन्त निरंकारी मिशन सबै धर्मको साझा मञ्च हो– नर बहादुर रावल (स.नि.म. नेपाल अध्यक्ष)

बिज्ञापन

धनगढी, १२ चैत्र । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले ‘आफू बाँचु र अरुलाई बचाऔं, मानवलाई मानव हो प्यारा, एक–अर्काको बनुन् सहारा’ जुन सद्गुरु बाबा जीको अमूल्य बाणी रहेको छ, त्यस कार्यमा अग्रसर रहनु भएका कुशल उद्यमी तथा समाजसेवी गोपाल हमालको प्रशंसा गर्दै भन्नुभयो– ‘कोरोना भाइरसको कारणले २०७६ साल फागुन ११ गतेबाट निरंकारी मिशनको सत्संग कार्यक्रम संसारभरि नै स्थगित गरिएको थियो । नेपालमा २०७६ साल चैत्र ११ बाट लकडाउनको आरम्भ भयो । लकडाउन हुँदा पनि सत्गुरु माता जीको कृपाबाट हामीलाई अनलाईन मार्फत गुरु चर्चा, सत्संग, समागम, कल्याण यात्रामा जोडिने अवसर प्राप्त भयो । त्यस्तै घरमै बसेर मिडिया मार्फत दुई पटक ७३÷७४औं अन्तराष्ट्रिय निरंकारी सन्त समागम तथा मुम्बईको ५४÷५५औं निरंकारी सन्त समागमको साथै भच्र्युवल माध्यमबाटै विश्व कल्याण यात्राको जुन कार्यक्रम बन्यो त्यसको पनि घरमै बसेर आनन्द लिने अवसर प्राप्त भयो । जसबाट लकडाउनको समयमा पनि सन्त परिवारलाई कुनै एक्लोपनको अनुभूति भएन र दुई साल भच्र्युवल माध्यमबाट सत्संग गर्नुमा नै ब्यतित भयो । यसरी फागुन २१ गतेबाट विश्वभरि नै सत्संग संचालन गर्ने अनुमति आएपछि हामीले पनि फागनु २१ बाट विधिवत रुपबाट भौतिक रुपमा सत्संग भवनमा उपस्थित भएर सत्संगको आरम्भ गरयौं । अहिले नेपालका विभिन्न १४० सत्संग भवनहरुमा प्रत्येक शनिबार तथा अरु दिनहरुमा सत्संग भइरहेका छ ।’


उहाँले अगाडि भन्नुभयो– ‘सन्त निरंकारी मिशन कुनै धर्म या सम्प्रदाय नभई एक आध्यात्मिक विचार धारा हो । यसमा सबै हिन्दु, मुस्लिम, शिख, ईसाई, बुद्ध लगायत विभिन्न धर्मावलम्बिहरु आवद्ध रहेका छन् । सन्त निरंकारी मिशन सबै धर्मको साझा मञ्च हो । यसमा सबै जात–जातिका मान्छेहरु छन् । यहाँ कुनै जातभात मानिदैन । यहाँ कोहि सानो, ठुलो, धनि, गरीब, कालो, गोरो छैन्, सबै एक समान रहेका छन् । सत्गुरुले हामीलाई एक समान हेर्ने दृष्टि प्रदान गर्नुभएको छ । सत्गुरु शरीर नभएर एक ज्ञान हो । ईश्वरका अनेक नाम छन् तर परमात्मा भने एउटै छ । यो अखण्ड, अभेद्दे छ, सर्बत्र व्याप्त छ, यसको कुनै आकार, रुप–रंग छैन । जुन ज्ञान श्रीकृष्णले अर्जुनलाई दिनुभएको थियो, त्यही ज्ञान आज हामीलाई सत्गुरुले दिनुभएको छ । सूर्य, चन्द्रमा, तारा सबै प्रकृति हुुन, यी समय–समयमा परिवर्तन भइरहेका हुन्छन् तर आज संसारले यिनीहरुलाई भगवानको रुप मानिरहेका छन् । जस्तै सूर्यको टुक्रा खसेर पृथ्वी बन्यो भन्ने भनाई छ तर परमात्मा भने कहिल्यै टुट्दैन–फट्दैन, खस्दैन । परमात्मा अखण्ड छ, यो कहिलै खण्ड हुँदैन । जुन ज्ञान श्रीकृष्णले अर्जुनलाई दिनुभयो त्यही ज्ञान आज सत्गुरु माता सुदीक्षा जी महाराजले मानवलाई प्रदान गरिरहनुभएको छ । यहाँ कुनै नौलो वा छुट्टै ज्ञान प्रदान गरिदैन । निरंकारी मिशनले संसारमा न त कुनै नयाँ रिति–रिवाजलाई स्थापना गर्न खोजिरहेको छ वा न त यसले विभिन्न समाजमा रहेका रिति–रिवाज, संस्कृति, परम्परालाई तोड्न खोजिरहेको छ । हामीले जसको पूजा गरिरहेका छौ, भक्ति गरिरहेका छौ, त्यसलाई जानेर गरेको भक्ति नै सार्थक हुने गर्दछ । आज निरंकारी मिशनमा परमात्मालाई जानेर भक्ति गरिदै छ । हामी परमात्मालाई पाउनको लागि विभिन्न ठाउँमा भौतारियौं, तर पाउन सकेनौ तर आज सत्गुरुको ठुलो कृपाले गर्दा यस परमात्मालाई पाउन सफल भयौं । आत्मा निरंकारको अंश हो । तन, मन, धन सबै यस निराकारको हो, हाम्रो यस संसारमा केहिपनि छैन । हामीलाई कु–संगितीबाट बच्नको लागि सत्गुरु माता जीले सत्संग दिनुभएको छ । मानव योनिमा प्राप्त गर्नु पर्ने लक्ष्य आज हामीलाई यहाँ प्राप्त भइरहेको छ ।’


‘ज्ञान, भक्ति, प्रार्थना आज सत्गुरुले हामीलाई प्रदान गर्नुभयो, त्यसको आज कलियुगमा सत्संगको माध्यबाट यस परमात्मालाई जानेर भक्ति गरिरहेका छौ । आज आवश्यकता रहेको छ, मर्यादा, अनुशासनको । हामीले गुरुमतलाई अपनाउनु पर्छ, मत त धेरै छन् तर हामीले गुरुमत अनुसार प्रत्येक कार्य गर्नु पर्दछ । गुरुमतलाई सधैं अगाडि राखेर हिड्ने जोकोहि सफल हुन्छ, ऊ कहिलै पछाडि हुँदैन भन्ने कुरा बताउँदै आज हामी बीच गुरुमतलाई आत्मसाथ गरेर गोपाल हमाल उपस्थित हुनु भएको छ, उहाँँलाई सत्गुरु माता जीले भरपूर आशीर्वाद प्रदान गरुन, उहाँले सोचेका मनोकामनाहरु पूरा हुन भन्ने कामना’, उहाँले गर्नुभयो ।


यस्तै प्रकारले सन्त निरंकारी मण्डल नेपालका प्रचार विभाग प्रमुख देवराज रिमालले भन्नुभयो– ‘ईश्वरको जानकारी सत्गुरु माता जीले मानव मात्रलाई दिरहनु भएको छ । सन्त निरंकारी मिशनमा प्रत्येकलाई हेर्ने दृष्टिकोण समान रहेको छ । सन्त–महात्माहरुले कहिलै अरुको अहित गर्ने भावना राख्न सक्दैनन् । उनीहरु सधैं सबैको कल्याण हुने कुरामा मात्र केन्द्रित भएका हुन्छन् । निरंकारी मिशनमा आबद्ध भइसकेपछि जाति, धर्म, ठुलो–सानो, धनि–गरीबको भेदभाव सदाको लागि समाप्त भएर जान्छ । आज यस मिशनले पर्खाल रहित संसारको स्थापना गर्ने लक्ष्य बोकेको छ, केवल मानवता मात्र मानवको ह्दयमा स्थापित होस भन्न खाजिरहेको छ । यो मिशन केवल मानवताको धर्म हो । यो अवस्था तब मात्र पाउन सकिन्छ जब हामी ईश्वरलाई आफ्नो ह्दयमा अंगाल्छौ । आज जीवन जिउने तरीका मिशनले मानवलाई प्रदान गरिरहेको छ, उहाँले बताउनुभयो ।’
सत्संग कार्यक्रममा उद्योगी तथा समाजसेवी गोपाल हमालको विशेष उपस्थिति रहेको थियो भने अन्य वक्तहरुमा पुरातन महात्मा लाल बहादुर बिष्ट, मुखी प्रकाश साउँद, सेवादल संचालक राम बहादुर कोली, प्रेम सिंह, ईन्द्र सिंह, तेज बहादुर बोहरा लगातका अन्य सन्त–महात्माहरुको उपस्थिति रहको थियो र मंच संचलान कविराज रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन