आस्था /आध्यात्म

परमात्माको प्रति निःस्वार्थ प्रेम नै साँचो भक्ती हो– निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराज

बिज्ञापन

हरियाणा (समालखा), ३ मंसिर । परमात्मा प्रति निःस्वार्थ प्रेम नै सांँचो भक्ती कहलाउँंछ साथै यस प्रकारको निष्काम प्रेम भावना सन्तहरुको हुने गर्दछ । उक्त उद्गार निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले हिजो साँंझ ७५औं वार्षिक निरंकारी सन्त समागमको पहिलो दिन देश–विदेशबाट लाखौं संख्यामा आएका विशाल मानव परिवारलाई सम्बोधित गर्दै व्यक्त गर्नुभएको हो ।
सत्गुरु माता जीले भन्नुभयो कि भक्तले सबैमा ईश्वरको रुप सम्झेर सबैसंग प्रेम पूर्वक व्यवहार गर्दछ र त्यसमा उसको आफ्नो कुनै निजि स्वार्थ हुँदैंन । यस्तो भक्तको भक्तिमा फेरि कुनै प्रकारको डरको भाव रहदैन । प्रेमले गरेको हरेक कार्यको आधार केवल प्रेम नै हुने गर्दछ जसको प्रेरणा केवल प्रेम मार्फत नै हुने गर्दछ । समर्पित भावले गरेको सेवा सदैव परोपकारको लागि नै हुन्छ । त्यसैमा अर्कोतर्फ संसारमा हेर्ने होभने जो प्रेम दर्शाउँछन्, त्यसमा पनि प्रायः केही न केही निजि स्वार्थ लुकेको हुन्छ ।
सत्गुरु माता जीले अगाडि स्पष्ट पार्दै भन्नुभयो कि जुन प्रकार एउटा सानो विजमा घना छायादार वृक्ष बनाउने क्षमता हुन्छ । त्यसप्रकारले हरेक मनुष्य परमात्माको अंश भएको नाताले परमात्मा स्वरुप बन्ने क्षमता राख्दछ । बिज जब धर्तीमा अंकुरित भएर प्रफुल्लित हुन्छ तब त्यो एक बृक्षको रुप लिएर आफ्नो सम्पूर्ण कार्य सुन्दरताका साथ निभाउने गर्दछ । यसै प्रकारले ब्रम्हज्ञानद्वारा मनुष्य जब परमात्मासंग एकरुप भएर उसैको रंगमा रंगिन्छ तब स्वतः मानवी गुणद्वारा युक्त भएर सच्चा मानव बन्दछ । फेरि उसको जीवनमा अध्यात्मवाद र मानवताको संगम देख्न पाईन्छ । यसको विपरित जो मनुष्य सच्चाईसंग वञ्चित रहन्छ, त्यसको सहि रुपले बिकास हुन सक्दैन । सन्त–महात्मा यस्तोलाई जागृति दिएर परमात्मासंग जोड्ने कार्य गर्दछन् जसद्वारा उसको जीवनमा पनि मानवताको गुणले युक्त होस ।

मिशनको ७५औं वर्षको सन्त समागमको श्रृंखलाको वयान गर्दै सत्गुरु माता जीले भन्नुभयो कि सन्त समागमको आरम्भदेखि नै सहभागी भएका सम्पूर्ण भक्तहरुलाई जुन अनुभूति हुँदै आइरहेको छ, ठिक त्यसै प्रकारको अनुभूति प्रथम पटक सन्त समागममा सहभागी भएका भक्तजनलाई पनि भैइरहेको छ किनभने यस परमात्माको सत्यता सदैव एकरस रहन्छ जसमा कुनै प्रकारको परिवर्तन हुंँदैन । यस स्थिर परमात्मासंग नाता जोडेपछि भक्तको मनको अवस्था फेरि अस्थिर हुनेछैन ।

निरंकारी प्रदशनी ः
निरंकारी सन्त समागमको एक मुख्य आकर्षण निरंकारी प्रदशनी हो, जसको आरम्भ ई.सं. १९७२ मा भयो जसमा निरन्तर हरेक वर्ष मिशनको इतिहास, विचारधारा एवं सामाजिक गतिविधिलाई प्रस्तुत गर्दै आएको छ । यस वर्ष पनि प्रदर्शनी समागमको मुख्य आकर्षक बनेको छ र समागमको क्रममा दिनहुंँ हजारौंको संख्यामा श्रद्धालु भक्तजन यस प्रदर्शनीको अवलोकन गरिरहेका छन् ।


यो वर्ष प्रदर्शनीको मुख्य ६ भागमा दर्शाईएको छ जस अन्तर्गत आधुनिक प्रविधिको सहि प्रयोगगरि यसलाई अत्यन्तै प्रभावशाली बनाईएको छ । यो ६ भाग मध्यमा एक भाग मुख्य प्रदर्शनी र अन्य भागमा स्टुडियो डिभाईन, बाल प्रदर्शनी , स्वास्थ्य एवं समाज कल्याण विभाग प्रदर्शनी, थियटर एवं डिजाईन स्टुडियो इत्यादिको सुन्दर समावेश रहेको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन