राजनीति

भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला मरिने हो ठेगान छैन : प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको अभियान नरोकिने भएका छन् ।

प्रेस सेन्टरको १९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै परिस्थिति आए पनि भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको अभियान नरोकिने बरु झन् चर्किने दाबी गरेका हुन् ।

उनले भने, ‘हिजो जनयुद्ध सुरु गर्दा को कतिखेर मारिने थाहा थिएन । तर पनि हाम फालेका थियौँ । अहिले भ्रष्टाचार, विसंगतिविरुद्धको यो लडाइँ अघि बढाइएको छ । अहिले थालिएको कदमले पनि कुन बेला एम्बुसमा परिने हो थाहा छैन । कुन बेला धरापमा परिन्छ, थाहा नभए पनि होमिएका छौँ। यो अभियान रोकिनेवाला छैन । अब झन चर्किने छ ।’

प्रधानमन्त्री प्रचण्डले अबको केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुनेसमेत बताए । त्यो एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने उनको भनाइ छ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् भने फरार १३ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन