बिश्व

साउदी अरेबियामा एकैदिन ८१ जनालाई मृत्युदण्ड

बिज्ञापन

एजेन्सी । साउदी अरेबियाले यसअघि दिएका मृत्युदण्डको विरोधमा विभिन्न स्थानमा प्रदर्शन हुने गरेका थिए । तीन वर्ष पहिले अमेरिकाको न्यूयोर्कमा प्रदर्शन भएको थियो । तस्बिर सगेट्टी इमेज
साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको सरकारी अधिकारीले बताएका छन् । गत वर्षभरभन्दा शनिबार एकैदिन धेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको हा े।

गत वर्ष साउदी अरेबियामा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । शनिबार मृत्युदण्ड दिइनेमा सात यमनी र एक सिरियाली पनि छन् । उनीहरुमाथि आतंकवादसहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ ।

मृत्युदण्ड दिइएकामध्ये केहीलाई इस्लामिक स्टेट आइएस, अल–कायदा र हुथी विद्रोहीसँग जोडिएको आरोप पनि थियो। मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन् ।

तर साउदी सरकारले भने सो आरोप अस्वीकार गर्दै आएको छ । १३ न्यायाधीशको बेन्चले तीन तहको न्यायिक प्रक्रियापछि फैसला गरेको एसपिएले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन