23/09/2021

मालिका समाचार

देशको ऐना

दुई दिनभित्र सबै बिद्यालय हरु संचालन हुने

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर २० ,भदौ कोरोना भाइरसका कारण लामो समयदेखी बन्द भएका टीकापुर नगरपालिका भित्रका सबै बिद्यालय दुई दिन भित्र संचालन हुने भएका छन।

नगर प्रमुख तपेन्द्र रावलले आज टीकापुर नगरपालिका शिक्षा समितिको बैठक बस्ने बताएका छ्न। आज बस्ने बैठकले बालबालिका हरुको स्वास्थ सम्बन्धि सुरक्षाका न्युनतम मापदण्ड हरुपूरा गर्दै नगरहातामा रहेका सबै बिद्यालय हरु चाडै संचालनमा ल्याउने टीकापुर नगरपालिका शिक्षाशाखा प्रमुख दमन चौधरीले मालीका समाचारलाई बताए ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

निरन्तर अध्यन गर्दै गरेका बालबालिका हरु विद्यालय बन्द भएपछि मोबाइल तथा टीभीमा विभिन्न ईन्टरनेट खेल हरु खेल्दै बसेका भेटिन्छन निरन्तर अध्यन गर्ने बानी बसाल्न शिक्षक शिक्षिका तथा अभिभावक लाई निकै चुनौती जस्तो भैरहेको छ। बिज्ञान प्राविधिको तिब्र बिकास संगै बालबालिका हरु पढ्ने बानी भन्दा पनि प्रबिधिमा उपलब्ध पब्जी,फ्रीफायर ,टीकटक,फेसबुक,युट्युब,जस्ता विभिन्न खेल तथा सामाजिक संजालमा बस्ने बानी परेको मालीका समाचारले गरेको एक सर्वेक्षणमा भेटिएको छ।

विज्ञापन